काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबार १ लाख ९० हजार ६ सय रुपैयाँमा रहेको सुनको मूल्य घटेर शुक्रबार १ लाख ८९ हजार ६ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजोको तुलनामा मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।
यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला २००० रुपैयाँ रहेको छ ।




















