ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

छुटेका शेयरधनीलाई दोर्दीको हकप्रद भर्ने अर्काे मौका, कति दिन छ म्याद ?

काठमाडौं । छुटेका शेयरधनीलाई दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद भर्ने अर्काे मौका प्रदान गरेको छ । कम्पनीले वैशाख १२ देखि १४ गतेसम्म हकप्रद शेयर भर्ने मौका प्रदान गरेको हो ।

कम्पनीले भनेको छ, ‘२०८१/१२/१९ गते देखि २०८२/०१/०८ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा केही शेयरधनीहरुको आफ्नो हक बराबरको हकप्रद शेयरको आवेदन गर्न छुट भएकोले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १८ (२) बमोजिम निष्काशनकर्ता कम्पनीको मिति २०८२–०१–११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम उक्त हकप्रद शेयरको लागि आवेदन दिन छुट भएका शेयरधनीहरुलाई अन्तिम मौकाको रुपमा यहि मिति २०८२/०१/१२ गते देखि मिति २०८२/०१/१४ गते बैकिङ्ग समयसम्म हकप्रद शेयर खरिदका लागि दरखास्त बुझाई आफ्नो हक सुरक्षित गर्नुहुन अनुरोध गर्दछौं ।’

कम्पनीले चैत १९ गतेदेखि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सिआस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।

Health Tips Ad Road Block