काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो । यसअनुसार इन्स्योरेन्सले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख ५ गते बुक क्लोज गरेको थियो । जसअनुसार बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रदमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
कम्पनीका शेयरधनीले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय तथा क्षेत्रीय कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ ।