काठमाडौं । वैशाख ३ गते बुधबार आज सुनको मूल्यले नेपाली बजारमा पुनः रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८७ हजारमा पुगेको छ । हिजोभन्दा आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले बढेको हो ।
यसअघि चैत ३१ गते सुनको मूल्य तोलाको १ लाख ८६ हजारमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
आज चाँदी प्रतितोला १९५५ रुपैयाँ रहेको छ ।






















