काठमाडौं । होटल/रिसोर्टहरुको राष्ट्रिय महासंघ होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेलाई मनोनयन गरिएको छ ।
असार १४ गते सम्पन्न संघको कार्यसमिति बैठकले बकेलाई तदर्थ समितिको अध्यक्षमा मनोनयन गरेको हो ।
उनको नेतृत्वमा बागमती प्रदेश अन्तर्गतका सबै जिल्लाहरूलाई समेटी प्रदेश समितिलाई प्रभावकारी, समावेशी तथा सुदृढ रूपमा गठन गर्ने विश्वास संघले लिएको छ ।
होटल संघ नेपालको विधान तथा कार्यविधिको अधिनमा रहेर बागमती प्रदेश अन्तर्गत रहेका जिल्लाका प्रतिनिधिहरूको सहभागितामा आवश्यक समन्वय गरी प्रदेश समिति गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली होटल संघ नेपालको सचिवालयमा उपलब्ध गराउन समेत अनुरोध गरेको छ ।
प्रदेशस्तरमा होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायिक हित संरक्षण तथा संघको संगठनात्मक सुदृढीकरणमा बकेको सक्रिय नेतृत्व र महत्वपूर्ण योगदान रहने अपेक्षा लिइएको संघका अध्यक्ष विनायक शाहले बताएका छन् ।





















