Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड पीसीआइ–डीएसएस भी डट ४.०.१ प्रमाणित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्युरिटी स्ट्याण्डर्ड (पीसीआइ–डीएसएस) भी.४.०.१ प्रमाणित भएको छ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड –एसटीसी) ले हालसालै पीसीआइ–डीएसएस भी.४.०.१ को प्रमाणीकरण प्राप्त गरेको छ, जुन हालसम्मको सर्वाधिक सुरक्षित र अद्यावधिक संस्करण मानिन्छ । पीसीआइ–डीएसएस एक अन्तर्राष्ट्रियस्तरको सुरक्षात्मक मापदण्ड हो, जुन भुक्तानी कार्डसम्बन्धी डाटा सुरक्षा सुनिश्चित गर्नका लागि तयार गरिएको हो । यस मापदण्ड अन्तर्गत विभिन्न १२ प्रकारका सुरक्षा आवश्यकता र प्रक्रियाहरू निर्धारण गरिन्छ जसले डाटा चोरी, अनाधिकृत पहुँच तथा साइबर आक्रमणबाट बच्न सहयोग पुर्याउनेछ ।

कुनै पनि भुक्तानी सेवा प्रदायक संस्थाको लागि पीसीआइ–डीएसएस जस्तो प्रमाणिकरण प्राप्त गर्नु एक महत्वपूर्ण उपलब्धि हो, किनभने यसले कम्पनीको प्रणाली, नेटवर्क तथा डाटा संरचनाहरू उच्चस्तरको सुरक्षाअनुरूप संचालन भइरहेका छन् भन्ने कुरा प्रमाणित गर्ने कम्पनीले जनाएको छ । एससीटी जस्तो संस्थाले यस्तो प्रमाणीकरण प्राप्त गर्नु ग्राहकहरूको विश्वास जित्न, डिजिटल भुक्तानी सेवामा पारदर्शिता ल्याउन तथा साइबर जोखिमहरू न्यून पार्न अत्यन्त प्रभावकारी हुने कम्पनीले जनाएको छ । पीसीआइ–डीएसएस भी.४.०.१ को पालना गर्नुले एससीटीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित डिजिटल भुक्तानी पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न सक्षम बनाउने कम्पनीको भनाइ छ । जसले कम्पनीको दीर्घकालीन विकास र विश्वसनीयता थप सुदृढ बनाउनेछ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन बमोजिम कार्डमार्फत भुक्तानी कारोबार गर्न अनुमतिपत्र प्राप्त संस्थाले कारोबार तथा कार्डसँग सम्बन्धित संवेदनशील सूचनाको प्रत्याभूति गर्न कार्डको प्रकृतिअनुसार पीसीआइ–डीएसएस जस्ता अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्नुपर्ने नियम गरे अनुरुप यस संस्था पीसीआइ–डीएसएस प्रमाणित हुँदै आईरहेको कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block