Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा मन्त्री सिंहको जाेड 

Citizenlife ad 2082 falgun to baishak 2083

माेरङ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जाेड दिनुपर्ने बताएका छन् । बुधबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले लाेहन्द्र पुल उद्घाटन गर्दै यस्ताे बताएका हुन्। जहदा र कटहरी जाेड्ने पुलकाे उनले आजै उद्घाटन गरे ।

साे स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएकाे छ । `मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो । यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु, पुल उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने ।

उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसकाे संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिककाे जीवन र जिविकाेपार्जन सहज बनाउन अघि बढिरहेकाे पनि बताए।

Health Tips Ad Road Block