Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नारायणगढ बुटवल सडकखण्ड १५ दिन दैनिक ६ घण्टा बन्द, वैकल्पिक मार्ग यस्तो छ !

Citizenlife ad 2082 falgun to baishak 2083

चितवन । आजदेखि नारायणगढ बुटवल सडक खण्ड अन्तरगत दाउन्ने क्षेत्रमा दैनिक ६ घण्टा सडक बन्द गरेर काम हुने भएको टछ । रातिको समयमा सडक बन्द गरेर काम हुन लागेको हो ।
चैत २७ गतेबाट पाँच दिन दिउँसो ४ घण्टा बन्द गरेर काम हुँदै आएकोमा अब १५ दिन राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरेर पहाड काट्ने काम हुन लागेको हो । रातिमा ६ घण्टा यातायात आवागमन बन्द गरेर दाउन्ने खण्डको कामलाई तिव्रता दिने आयोजनाले जनाएको छ । दाउन्ने क्षेत्रको १४ किलोमिटर क्षेत्र पूर्व तर्फ हिलो र धुलोका कारण यात्रा गर्न निकै कठिनाइ हुने गरेको छ । छिटफुट वर्षा हुदा समेत सडक हिलो भएर सवारी साधन चिप्लिँदा सवारी आवागमनमै समस्या हुने गरेको छ । दाउन्नेमा दैनिक हुने लामो जामका कारण यात्रुले पनि सास्ती बेहोर्दै आएका छन् ।

वर्षायाममा ठूलो समस्या हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै रातिमा सडक बन्द गरेर काम गर्न लागिएको सरकारी भनाइ छ ।

सडक बन्द हुने समयमा सवारी साधनलाई पूर्वी खण्डको दुम्किबास र पश्चिम खण्डको बर्दघाट, ज्यामिरे तथा हकुई क्षेत्रमा रोकिने प्रहरीले जनाएको छ । वैकल्पिक माग पनि प्रयोग गर्न यस्तो सूचना जारी गरिएको छ ।

Health Tips Ad Road Block