Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मिडियाको ‘न्यू यर अफ स्मार्ट लिभिङ’ अभियानः आकर्षक अफर र लक्की ड्रको घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वव्यापी घरेलु उपकरण निर्माता मिडिया ले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यू यर अफ स्मार्ट लिभिङ’ अभियान सुरु गरेको घोषणा गरेको छ । ‘यो रोमाञ्चक अभियानले ग्राहकहरूलाई अपराजेय अफरहरू, लक्की ड्रहरू र क्यासब्याक प्रदान गर्दछ, जसले स्मार्ट जीवनलाई अझ पहुँचयोग्य बनाउँछ।’ कम्पनीले भनेको छ ।

यो अभियानको हिस्साकोरूपमा मिडियाले सुविधा र जीवनशैलीलाई उकास्ने नवीन उत्पादनहरूको श्रृंखला प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले बम्पर लक्की ड्रमा भाग लिई मिडिया ५१९ लिटर मल्टि(डोर रेफ्रिजेरेटर जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । मासिक लक्की ड्रमा मिडिया ८ किलो वाशिङ मेसिन, र सुनिश्चित पुरस्कारकोरूपमा वाशिङ मेसिन र डीडी रेफ्रिजेरेटर मिडिया राइस कुकर पाउन सक्ने कम्पनीले जनाएको छ । थप पुरस्कारहरूमा साइड बाई साइड÷मल्टी डोर रेफ्रिजेरेटरमा इन्डक्सन कुकर, ग्रिलरकन्भेक्सन माइक्रोवेभध ओभनमा खाना पकाउने किट, र डिस वासरमा २ डिस वासर ट्याब्लेटहरू समावेश रहेको कम्पनीको भनाइ छ । साथै ग्राहकहरूले आफ्नो खरिदमा ३७,७०० रुपैयाँसम्मको क्यासब्याकको मजा लिन सक्ने कम्पनीले जनाएको छ । यो योजना चैत २७ देखि नै लागु भइसकेको र सिमित समयको लासिग रहेको कम्पनीले जनाइएएको छ ।

यसमा भाग लिनको लागि ग्राहकहरूले अभियान सामग्रीमा दिइएको क्यूआर कोड स्क्यान गरी आफ्नो खरिद दर्ता गर्नुपर्ने छ र यी उत्कृष्ट पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

मिडिया विश्वव्यापीरूपमा अग्रणी घरेलु उपकरण निर्माता हो, जसले नवीन र उच्चगुणस्तरका उत्पादनहरूमार्फत दैनिक जीवनलाई सुधार गर्छ । २०० भन्दा बढी देशहरूमा उपस्थित मिडिया ले स्मार्ट होम समाधानहरूलाई पुनःपरिभाषित गरिरहेको कम्पनीको दाबी छ।

चौधरी समूहको एक हिस्सा, सीजी इलेक्ट्रोनिक्स नेपालमा मिडिया उत्पादनहरूको अधिकृत वितरक हो, जसले गुणस्तर र ग्राहक सन्तुष्टिमा ध्यान दिँदै उपभोक्ता इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ ।

Health Tips Ad Road Block