Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

२०८२ सालमा कुन महिनामा कति दिन पर्छ सार्वजनिक बिदा, जान्नुहोस् !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नयाँ वर्ष २०८२ मा ५२ वटा शनिबार बिदा परेका छन् । मन्त्रिपरिषद्ले २०८२ सालको बिदा स्वीकत गरेर राजपत्रमा सार्वजनिक भएको छ । गृह मन्त्रालयलले २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरीमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि सार्वजनिक गरेको सार्वजनिक, ठाउँ विशेषका बिदा, पर्व एवम् सट्टा बिदाको विवरण सबै उल्लेख छ ।

२०८२ साल जेठ, साउन, कार्तिक र फागुन महिनामा पाँच दिन शनिबार बिदा परेका छन् भने अन्य महिनामा चार दिन शनिबार बिदा गरी जम्मा ५२ दिन शनिबार परेको छ ।

गृहद्धारा सार्वजनिक विवरणअनुसार कुन महिनामा कति दिन पर्छ बिदा ?

वैशाख

नव वर्ष वैशाख १ गते, विश्व मजदुर दिवस वैशाख १८ गते, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, राई, लिम्बू, याक्खा, सुनुवार लगायतका किराँत समुदायको उभौली पर्व वैशाख २९ गते ।

जेठ

गणतन्त्र दिवस जेठ १५ गते ।

असार

असारमा कुनै पनि सार्वजनिक बिदा परेको छैन ।

साउन

रक्षाबन्धन साउन २४ गते, गाईजात्रा साउन २५ गते (देशभरका नेवार समुदायका लागि मात्र), श्रीकृष्णा जन्माष्टमी साउन ३१ गते ।

भदौ

हरितालिका (तीज) व्रत भदौ १० गते, जितिया पर्व भदौ ३० गते (महिला कर्मचारीका लागि मात्र), गौरा पर्व भदौ १५ गते, इन्द्रजात्रा भदौ २१ गते (काठमाडौँ उपत्यका लागि मात्र) ।

असोज

संविधान दिवस असोज ३ गते, घटस्थापना असोज ६ गते, दशैं बिदा (असोज १३ गतेदेखि असोज १८ गतेसम्म) ।

कात्तिक

तिहार बिदा (कात्तिक ३ गतेदेखि कात्तिक ७ गतेसम्म), छठ पर्व कात्तिक १० गते, फाल्गुनन्द जयन्ती कात्तिक २५ गते (किराँत धर्मावलम्बीका लागि)

मङ्सिर

धान्य पूर्णिमा (किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि, अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मङ्सिर १७ गते (अपाङ्गता भएका नेपालभित्रका सम्पूर्ण कर्मचारीको लागि), ज्यापु दिवस मङ्सिर १८ गते ।

पुस

इसाई धर्मालम्बी पर्व क्रिसमस डे पुस १० गते, तमू ल्होछार पुस १५ गते, पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) पुस २७ गते,

माघ

माघी पर्व/माघे सङ्क्रान्ति माघ १ गते, सोनम ल्होछार माघ ५ गते, वसन्त पञ्चमी माघ ९ गते, सहिद दिवस माघ १६ गते ।

फागुन

महाशिवरात्री फागुन ३ गते, ग्याल्पो ल्होसार फागुन ६ गते, राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते, फागू पूर्णिमा हिमाली र पहाडी लगायत ५६ जिल्लामा फागुन १८ गते र तराईका जिल्लामा फागुन १९ गते, अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) फागुन २४ गते ।

चैत

घोडेजात्रा चैत ४ गते, रामनवमी चैत १३ गते ।

सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने बिदा सिरुवा पावनीको दिन (सो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लामा), इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र),र बकर ईद –ईद उल अजहा), मोहम्मद जयन्ती (नेपाली मुस्लिम धर्मावलम्बी), गुरु नानक जयन्ती (नेपाली सिख धर्मावलम्बीका लागि) सार्वजनिक बिदा परेका छन् । मन्त्रालयले जारी गरेको सूचनामा विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैंले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाएको छ ।

यस्तो छ मन्त्रालयले जारी गरेको पूर्ण सूचना

 




Health Tips Ad Road Block