skip this News Page Tips Ad Road Block

लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने भएको छ । कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले जानकारी दिएको छ ।

कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तक्र्रिया हुने आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा पाँच प्राविधिक तथा दुई पुरकसहित कुल ७ सत्र सञ्चालन हुँदैछन् । कर प्रणाली र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणका लागि गहन छलफलमार्फत उपयुक्त नीति निर्माण, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आईक्यानले जानकारी दिएको छ ।

सम्मेलनले लेखा पेशाको उन्नति र आर्थिक विकासमा समेत योगदान पु¥याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ७ सेसनमा ३५ वक्ता सहभागी हुनेछन् । ४ जनाले प्रस्तुती दिनेछन् । पाँच जना अन्तर्राष्ट्रिय प्रतिनिधि समेत उपस्थित हुने आयोजकले बताएको छ । सम्मेलनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी करिब एक हजारको सहभागिता रहने अनुमान गरिएको छ ।

मंगलबार हुने उद्घाटन कार्यक्रममा आईक्यानका अध्यक्ष प्रविनकुमार झा र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी, डेपुटी महालेखा परीक्षक बामदेभ शर्मा अधिकारी र दक्षिण एसियाली लेखा महासंघ अध्यक्ष अशाफाक युसुफ तोला समेत उपस्थित रहने बताइएको छ ।

चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष अरुण राउत र अडिटर्स एसोसिएसन अध्यक्ष बद्रिप्रसाद भट्टराईको समेत उपस्थिति रहनेछ । आईक्यान उपाध्यक्ष निलबहादुर मगरले कार्यक्रम समापन गर्ने योजना छ ।

सम्मेलनको उद्घाटनपछि पहिलो सेसन सुरु हुनेछ । पहिलो सत्रमा सार्वजनिक वित्तीय व्यवस्थापनको नविनता तथा विश्वव्यापी प्रवृत्ति र नेपालमा कार्यान्वयन स्थितिबारे छलफल हुनेछ ।

सो सत्रमा चार्टर्ड एकाउन्टेन्ट संस्था भारतका अध्यक्ष चरणजोत सिंह नन्दले अध्यक्षता ग्रहण गर्नेछन् भने आईक्यानका पूर्व अध्यक्ष नरेन्द्र भट्टराईले मोडरेटर तथा पूर्वउपमहालेखा परीक्षक रामुप्रसाद डोटेलले पेपर प्रिजेन्टेसन गर्ने कार्यक्रम छ । प्यानालिस्टमा सरकारका सहसचिव सुवासचन्द्र सिवाकोटी, सीए हेमकुमार काफ्ले र दक्षिण एसियाली लेखा महासंघका प्रतिनिधि रहने कार्यक्रम छ ।

दोस्रो सत्रमामा दिगो अर्थतन्त्र र सार्वजनिक वित्तीय व्यवस्थापनमा भइरहेका पहललाई एकीकृत गर्नेगरी परामर्श हुनेछ । यसमा आईक्यान सदस्य आनन्दराज शर्मा वाग्लेले मोडरेटर गर्नेछन् भने श्रीलंकाका काउन्सिल मेम्बर शमन श्रीलाले पेपर प्रिजिन्टेसन दिनेछन् ।

तेस्रो सत्र सार्वजनिक वित्तीय व्यवस्थापन सुधार तथा लेखाव्यवसायीको भूमिकामा केन्द्रित रहनेछ । जसमा उपमहालेखा परीक्षक बैकुण्ठबहादुर अधिकारीले अध्यक्षता ग्रहण गर्नुहुनेछ भने सीए ठाकुरप्रसाद अधिकारीले मोडरेटर तथा सीए नन्द्रकिशोर शर्माले पेपर प्रिजेन्टेसन गर्नेछन् । छलफल सत्रमा सीए विश्वराज बसौला, गोरखबहादुर शाही, सीए भवनाथ दाहाल र सीए सन्जिता नेपाल रहनेछन् ।

चौथो सत्र वैदिक साहित्य र वित्तीय अनुशासनमा केन्द्रित रहनेछ । यो सेसनमा सीए हरिकुमार सिलवाल मोडरेटर रहनेछन् भने अर्जुनप्रसाद बास्तोलाले पेपर प्रिजेन्टेसन गर्नेछन् ।

पाँचौ सत्र ‘स्वस्थ जीवनका लागि स्वस्थ आहार’मा केन्द्रित रहनेछ । डा. उमेश श्रेष्ठले प्रस्तुती दिनेछन् । छौटौं सेसनमा ‘रणनीतिक कर सुधार ः लचिलो कर प्रणालीमा अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन’का विषयमा छलफल हुनेछ । जसमा सीए निलबहादुर सारु मगरले मोडरेटर गर्नेछन् भने प्यानालिस्टमा पूर्व सचिव रामेश्वर खनाल, आईक्यान पूर्व अध्यक्ष सुदर्शन राज पाण्डे, उद्योग वाणिज्य महासंघ कर तथा राजश्व कमिटी अध्यक्ष अम्बिका प्रसाद पौडेल, आन्तरिक राजश्व विभागका डेपुटी डाइरेक्टर पदमकुमार श्रेष्ठ, दक्षिण एसियाली लेखा महासंघका प्रतिनिधि रहनेछन् ।

अन्तिम तथा सातौं सेसनमा लचिलो कर निर्माणमा लेखा व्यवसायीको भूमिकामा केन्द्रित रहनेछ । जसमा मोडरेटरका रुपमा सीए सुनिल देवकोटा रहनेछन् भने प्यानालिस्टमा आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहाल, सहायक महालेखा परीक्षक घनश्याम पराजुली, सीए उमेशराज पाण्डेय, सीए झलकमणि लम्साल र सीए शेशमणि दाहाल रहनेछन् ।

Health Tips Ad Road Block