काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको हुलदंगा र प्रदर्शनमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याँकअनुसार ११ निर्जीवन कम्पनीमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको दाबी परेको हाे ।

त्यसमा सम्पत्ति बीमातर्फ १६ वटा बीमालेखका ३ करोड ११ लाख ६६ हजार रुपैयाँको माग दाबी प्राप्त भएकोमा कुनै भुक्तानी नभएको देखिएको छ । त्यसैगरी मोटर बीमातर्फ २२ वटा बीमालेखका १ करोड २९ लाख, इन्जिनियरिङ बीमातर्फ ३ वटा बीमालेखका ३७ लाख रुपैयाँ तथा विविध बीमातर्फ २ वटा बीमालेखका १० लाख १ हजार १३० रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले उल्लेख गरेको छ ।
कुन कम्पनीमा कति छ दाबी ?




















