skip this News Page Tips Ad Road Block

एकै ठाउँमा उभिएर नाडा र नाईमाले जनाए नयाँ प्रतिबद्धता, स्वतन्त्र सह अस्तित्वमा अगाडि बढ्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (नाईमा) एकै ठाउँमा उभिएर सवारी साधनको विकासप्रति प्रतिबद्ध रहेको जनाएका छन् । नाडाका अध्यक्ष करण चौधरी र नाईमा अध्यक्ष ऋतु सिंह वैद्यले संयुक्तरुपमा दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुवैतिरको बन्नसक्ने बताएका छन् । यद्दपि दुवै संस्थाले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्ररूपमा आफ्नो प्रयासहरू जारी राख्ने उनीहरुको भनाइ रहेको छ ।

‘दुवै संस्थाको स्वतन्त्र सह अस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउनेछ भन्ने कुरामा दुवै संस्थाले विश्वास गर्छन् । नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा, दुवै संस्थाहरू व्यवसायीहरूको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य तथा समग्र क्षेत्रको प्रगतिमा पूर्णरूपमा प्रतिबद्ध छन् भनेर भनिएको छ ।

 

 

 

 

Health Tips Ad Road Block