काठमाडौं । राजतन्त्र पुनःस्थापनको माग राखेर आन्दोलनरत समूहले तोडफोड र आगजनी गरेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको कार्यालयको स्थलगत अनुगमन भएको छ । समाजवादी मोर्चाका नेताहरुले स्थलगत अनुगमन गरेका हुन् ।
आलोकनगरमा भएको अनुगमन र बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेत्रविक्रम चन्द, महेन्द्र यादव लगायतका नेता सहभागी थिए ।






















