skip this News Page Tips Ad Road Block

छिमेकी देश भारतबाट ४०६ मेगावाट थप बिजुली आयात, सिमेन्ट, स्टिल र धागो उत्पादकको स्वागत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । छिमेकी देश भारतबाट थप ४०६ मेगावाट बिजुली नेपालमा आयात हुन थालेको छ । थप ४ घण्टा बिजुली दिने भारतको सहमतिपछि थप ४०६ मेगावाट मेगावाट बिजुली नेपाल आयात हुन थालेको नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ । यसअघि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै बिजुली आयात हुँदै आएकोमा अब राति १२ बजेदेखि बिहान ४ बजेसम्म पनि विद्युत उपलब्ध हुने प्राधिकरणको भनाइ छ । यसअघिको दैनिक १२ घण्टासम्मको आयात अब १६ घण्टा पुग्ने भएको हो ।

शुक्रबारदेखि नै यसरी बिजुली आउन थालेको हो । प्राधिकरणले जनाएअनुसार बिहीबारदेखि नै विद्युत आउन सुरु भइसकेको छ । राति १२ बजेदेखि बिहान ४ बजेसम्म ढल्केबर–मुजप्फरपुर प्रसारण लाइनबाट विद्युत आइरहेको हाे । यसले उद्योग क्षेत्रमा आपूर्ति व्यवस्था सहज हुने प्राधिकरणको भनाइ छ । भारतले चार सय केभी ढल्केबर–मुजप्फरपुरबाट छ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको छ ।

उद्योगीहरुले औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङले औद्योगिक उत्पादनमा ५० प्रतिशतले कमी आएको भनिरहेका बेला थप बिजुुली आयातसँगै औद्योगिक क्षेत्रमा आपूूर्तिमा सहज हुने आशा गरिएको छ । नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक र धागो उत्पादक संघले हालै पत्रकार सम्मेलन गरेर लामो लोडसेडिङका कारण औद्योगिक क्षेत्रमा ठूलो असर परेको सार्वजनिक गरेका थिए । भारतबाट थप बिजुली आयात हुन थालेसँगै औद्योगिक क्षेत्रका लागि बिजुली आपूर्ति सुनिश्चित भएको भन्दै सिमेन्ट उत्पादक संघले सरकारको पछिल्लो निर्णयलाई स्वागत गरेको छ ।

Health Tips Ad Road Block