काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नजिकिँदो चाडपर्वलाई ध्यान दिएर बजार अनुगमन र कालाबजारी नियन्त्रण गर्नतर्फ ध्यान दिन निर्देशन दिएकी छन् । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा उनले चाडपर्व नजिकिँदै गएको उल्लेख गर्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाउन, उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न तथा कालोबजारी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिइन् ।
मन्त्री यादवले औद्योगिक वातावरण निर्माण, व्यापार विस्तार तथा मन्त्रालयको समग्र प्रगतिका लागि आवश्यक नीतिगत सहजीकरण गर्न आफू सधैँ तयार रहेको बताउँदै सबै कर्मचारी तथा निकायलाई समन्वय र प्रतिबद्धताका साथ काम गर्न आग्रह गरिन् ।
बैठकमा नयाँ सरकार गठन भएपछि तीन महिनामा सरकारका शासकीय सुधारका १०० बुँदाको कार्यान्वयन र आगामी योजनाबारे छलफल भएको थियो ।

















