skip this News Page Tips Ad Road Block

कालिकोट जिल्ला सदरमुकामदेखि मुगु सदरमुकाम गमगढीसम्म अप्टिकल फाइबर विस्तार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक अल डाइलेट्रिक सेल्फ सपोर्टिङ(एडीएसएस) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ । देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्य अन्तर्गत नेपाल टेलिकमले विस्तार गरेको यस सूचना महामार्गले कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको दाबी गरिएको छ।

माइक्रोवेभ रेडियो लिंकमार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (एफटिटिएच) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरुका साथै एनटीटीभी ब्रान्डको टेलिभिजन सेवा समेत चैत ८ गतेबाट अप्टिकल फाइबर मार्फत सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ । यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोसेढुङ्गाको रुपमा लिन सकिने कम्पनीको दाबी छ।

सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीहरुले हाल सञ्चालनमा रहेका सेवाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । यसका साथै दुरसञ्चार सेवाको लागि आवश्यक पर्ने ट्रान्समिसन रुटको वैकल्पिक मार्ग समेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुने कम्पनीको भनाइ छ।

नेपाल टेलिकमले देशको भौगोलिक चुनौतीलाई आत्मसात् गर्दै हरेक नेपालीलाई दूरसञ्चार सेवाद्वारा जोड्नका लागि सदैव प्रतिवद्ध रहेको प्रवक्ता हरि ढकालले जनाएका छन् ।

Health Tips Ad Road Block