काठमाडौं । अब पार्ट टाइममा काम गर्ने जो कोहीका लागि सजिलो हुने भएको छ । मंगलबार काठमाडौंको होटल शंकरमा आयोजित एक कार्यक्रमकाबीच पार्ट टाइम ईजि (पिटिई)वर्क एपको लन्च गरिएसँगै यसमा जो कोहीलाई सजिलो हुने भएको हो । त्यस्तै बेरोजगारी समस्या समाधान गर्ने बताइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा एप सार्वजनिक भएको जानकारी गराइएको हो ।
सो अवसरमा मन्त्री भण्डारीले यो एपका माध्यमबाट मुलुकमा डिजीटल्ली दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने आशा व्यक्त गरेका छन् । एपको मुल नारा नै डाइरेक्ट डिल नो किचकिच भन्ने भएकाले यसले केही गर्ने उनको धारणा रहेको छ । प्रतिवर्ष ४ लाखभन्दा बढी विदेशीरहनुपरेको तथ्याँक प्रस्तुत गर्दै मन्त्री भण्डारीले यस्ता कार्यक्रमबाट स्वदेशमै केही गर्ने विषय उजागर हुने पनि बताए । अहिले ७० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगार र अन्य शिलशिलामा नेपाल बाहिर गएका र ४२ लाख नागरिक फर्किएको एक तथ्याँक प्रस्तुत गर्दै विदेशबाट फर्किएकाहरुकाे सिप, पूँजी र जाँगर सदुपयोगमा लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष दशरथ गिरीले यो एपले रोजगारदाता र श्रमिकबीच पुलको काम गर्ने भन्दै अब नागरिकलाई काममा व्यस्त बनाउने एउटा महत्वपूर्ण भूमिका यसले खेल्ने दाबी गरे । कार्यक्रममा संस्थाका संचालक सिए प्रकाश आचार्यले रोजगारदाता र श्रमिकलाई सहकार्य गर्ने वातावरण निर्माणमा आफूहरु केन्द्रित हुने र मुलुकका लागि पनि सहयोग पुर्याउने आशा व्यक्त गरे ।























