Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चार वर्षका लागि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले लिए सपथ, उद्योगीसँग लिनुपर्ने बक्यौता उठाउन निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शपथग्रहण लिएका छन् । उनलाई उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आज उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सपथ ग्रहण गराएका हुन् ।

शाक्य नेपाल सरकार, मन्त्रीपरिषद्को चैत ११ को निर्णयअनुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१) बमोजिम चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।

शपथग्रहण कार्यक्रममा उर्जामन्त्री खड्काले उद्योगीसँग प्राधिकरणले लिनुपर्ने वक्यौता मन्त्रीपरिषद्को निर्णयलाई समेत मध्यनजर गरी तत्काल असुल गर्ने प्रक्रिया अगाडि बढाउन एवम् ग्राहकहरुलाई लोडसेडिङ नहुने अवस्था बनाउन निर्देशन दिए । मन्त्री खड्काले उर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशन समेत दिए ।

मन्त्रालयका सचिव सुरेश आचार्यले अहिलेको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिए । नवनियुक्त कार्यकारी निर्देशक शाक्यले मन, वचन र कर्मले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाईमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

दक्षिण एशियाकै उत्कृष्ट इन्जीनियरका अवार्ड समेत पाएका शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए । वि.सं. २०७८ साउन २५ मा तत्कालिन कार्यकारी निर्देशक शाक्यलाई हटाएर सरकारले दोस्रो कार्यकालका लागि कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

Health Tips Ad Road Block