काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा मंगलबार आईपीओ बाँडफाँड गरिएको हो । कम्पनीले गत फागुन २७ देखि चैत ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। त्यसमा २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ता शेयरका लागि आवेदन परेको थियो । आवेदनमध्ये १८ लाख ४८ हजार २९८ आवेदन स्वीकृत भयो भने बाँकी आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथा प्रक्रियाबाट कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। त्यसअनुसार १ लाख ४७ हजार ६०० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।






















