विराटनगर । गणेश पाण्डेको अध्यक्षतामा नेकपा एमालेनिकट प्रेस चौतारी नेपालको ९९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपालको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
अध्यक्षका अर्का प्रत्यासी राजेश राईले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत भएको हो ।
समितिको दुई जना उपाध्यक्षहरुमा चेतन अधिकारी र कृपा भण्डारी (महिला) चयन भएका छन् । महासचिवमा हिरामान लामा पुनः दोहोरिएका छन् । त्यस्तै उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवहरुमा विष्णु तारुके (संगठन), प्रदीप आचार्य (अर्थ), विक्रम लुईँटेल (प्रचार तथा प्रशिक्षण) र नरेश भण्डारी (विदेश) चयन भएका छन् ।
प्रदेश इन्चार्जहरुमा नुतन श्रेष्ठ (कोशी), अच्युत पौडेल (मधेस), प्रतिमा सिलवाल (बागमती), गणेश पौडेल (गण्डकी), टीकाबहादुर बस्नेत (लुम्बिनी), याम शर्मा (कर्णाली), दिलबहादुर छत्याल (सुदूरपश्चिम), हेमराज सिलवाल (उपत्यका प्रदेश), यसिमा महत (प्रतिष्ठान) र रघुनाथ सापकोटा (एसोसियट) चयन भएका छन् ।
चौतारीकाे केन्द्रीय सदस्य खुलातर्फ भेषराज बस्नेत, श्याम भट्ट, शिव बस्नेत, सुमन ढुंगाना, अमृत गिरी, सन्दिप राई, श्यामकृष्ण दाहाल, विमल नेपाल, गणेश ज्ञवाली, दुर्गालाल केसी, गोपाल काफ्ले,, श्रीहजुर सिलवाल, तारानाथ आचार्य, राजेन्द्र श्रेष्ठ, सिपी लोहिया र दिल प्रकाश गौतम चयन भएका छन् ।
भूगोलतर्फ लुम्बिनी प्रदेशबाट दिपु पोखरेल, गणेश आचार्य, विष्णु बेल्बासे र लक्ष्मण पौडेल, सुदूरपश्चिमबाट सुशील ढुंगाना, कृष्ण ओली, विष्णुप्रसाद भण्डारी र धर्मा रोकाया, मधेस प्रदेशबाट रमेश तिमिल्सिना, अवधेस कामत, तुलसी भण्डारी र रिना आले, बागमती प्रदेशबाट पुष्पराज अधिकारी, महेन्द्र श्रेष्ठ, नवराज बजगाईं र संगिता आचार्य, गण्डकी प्रदेशबाट कृष्ण थापा, गणेश गिरी, हिमालदेव पंगेनी र सिर्जना पन्त, कोशी प्रदेशबाट माधव विद्रोही, हिमाल दाहाल, सुमन सुस्केरा र सुभद्रा प्याकुरेल, कर्णाली प्रदेशबाट आकाश तारा वयक, केबी गाउँले र मालती केसी चयन भएका छन् ।
त्यसैगरी उपत्यका प्रदेशबाट पुस्कर बस्नेत, विनोद चौलागाईं, रमेश गिरी र सतीदेवी उप्रेती, प्रतिष्ठान प्रदेशबाट दीपक समिर, दशरथ राई र रामबाबु अधिकारी, एशोसियट प्रदेशबाट श्रीधर पौडेल, नृपेन्द्रलाल श्रेष्ठ र विन्दु अधिकारी चयन भएका छन् ।
त्यस्तै महिला केन्द्रीय सदस्यबाट पार्वती पाण्डे, रेनु पराजुली, सावित्रा दाहाल, कालिका खड्का, सरस्वती बानियाँ, तारा चापागाईं दुवे, तारा प्रकृति नेपाल, शर्मिला सुवेदी, सरस्वती साउँद, कविता अधिकारी, चाँदनी आचार्य, कालिका शिवाकोटी, रोशनी कठेत, अप्सरा गौतम, ज्योति झा चयन भएका छन् । महिला जनजाति तर्फबाट अञ्जना शिल्पकार, दलित महिलाबाट मिना विश्वकर्मा, मधेसी महिलाबाट सुनिता महतो चयन भएका छन् ।
खुल्ला आदिबासी जनजातिबाट युनिक विफा घिसिङ र प्रविन कुलुङ राई, खुला दलितबाट मिलन विश्वकर्मा, खुल्ला मधेसीबाट धर्बेन्द्र झा, खुल्ला मधेसीबाट सकिल कादरी अहमद, खुल्ला थारुबाट पार्वता चौधरी, पिछडिएको क्षेत्राट नन्द सिंह, अपांगताबाट भगिरथ भण्डारी, अल्पसंख्यकबाट सलिम मियाँ अन्सारी चयन भएका छन् । त्यस्तै एकता प्रक्रियाबाट आएका केन्द्रीय सदस्यहरुमा शम्भुजित दाहाल, हरिप्रसाद जोशी, शशी कोइराला, रोशनी कठेत, प्रेमचन्द्र झा, प्रविन साह, रमेश सुवेदी, वख्तियार अली, शिवकुमार कासी रिजाल, ज्योति झा, विनोद लम्साल, सविन शर्मा र शेरबहादुर थापा चयन भएका छन् ।
अनुशासन आयोग
चौतारीको अनुशासन आयोग अध्यक्षमा समिर बलामी, उपाध्यक्ष कृष्णहरि घिमिरे, सचिव संगम महत, सदस्यहरुमा दिपक लामा, भुवनसिंह ठकुरी, चन्द्र कार्की, राजेन्द्र ठगुन्ना, जानु पाण्डे, विष्णु पोखरेल, तेजेन्द्र भण्डारी, श्यामप्रसाद घिमिरे, देवराज सुवेदी, टोपलाल अर्याल, टिकाराम बस्याल चयन भएका छन् ।
लेखा आयोग
यस्तै लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः अर्जुन श्रेष्ठ, जीवनाथ दाहाल, प्रेमचन्द्र बास्तोला चयन भएका छन् । सदस्यहरुमा रामचन्द्र नेपाल, गंगा विष्ट, श्यामप्रसाद घिमिरे, नवराज विष्ट, दिपेन्द्र रोका, रविन श्रेष्ठ, वर्षा योगी, किरण गौतम, मोहन पौडेल, विना न्यौपाने, ओमप्रकाश आचार्य, आरती ढकाल, गोकर्ण पौडेल, अफरोज अर्पण र बुद्धकुमार श्रेष्ठ रोहित चयन भएका छन् ।
निर्वाचन आयोग
निर्वाचन आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः गणेश खनाल, नवराज ढकाल, सागर पोखरेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा नविन खत्री, बिपी गौतम, कमल राना, मानवी तामाङ, नरेन्द्र दाहाल, दीपा पौडेल, कविराज बुढाथोकी क्षेत्री, जगत बाशिष्ट, सन्तोष सिग्देल, भविश्वर पाण्डे, अनुज अधिकारी, दीपा पौडेल रहेका छन् ।
नीति अनुसन्धान आयोग
नीति अनुसन्धान आयोगको अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः दीपेन्द्र श्रेष्ठ, नेपोलियन चेपाङ र सन्तोष रुचाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हरिश चन्द, उमाकान्त शर्मा, अमृत बास्कुने, कृष्ण अखेली, बेद भट्ट, मुक्ति न्यौपाने, रिमा सोमै, दुर्गा रोकाया चयन भएका छन् ।






















