Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हुन्डाई नेपालले ‘चुज योर फ्यूचर’ अभियानसहित सार्वजनिक गर्याे क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आईस

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी र क्रेटा आईस (ICE) (मेड इन नेपाल) सार्वजनिक गरेकाे छ । सोल्टी होटेल, काठमाडौंमा कार्यक्रम गरी  ‘चुज योर फ्यूचर’ थिमसहित, हुन्डाई नेपालले ग्राहकहरुको आवश्यकता र गतिशीलता अनुसार क्रेटा इलेक्ट्रिक र आईस दुवै मोडेल उपलब्ध गराएकाे जानकारी दिएकाे हाे ।

क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१,९६ हजार रुपैयाँ र क्रेटा आईस (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३,९६ हजार रुपैयाँ राखिएको छ। याे २०२५ मा आयात गरिने आईस मोडलहरूको मूल्यमा तुलना गर्दा ९ लाखसम्म कम रहेको कम्पनीले जनाएकाे छ ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङको विशेष उपस्थिति रहेको थियो।

हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो। गज्जवको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय: हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले १०००० भन्दा धेरै ग्राहकहरुको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको दाबी गरिएकाे छ।

हुन्डाई नेपालले इकोसिष्टम डेभलपमेन्टमा पनि अगाडि बढ्‌दै नयाँ पहिचानको चार्जिङ नेटवर्क “Re-Lax” मार्फत डिसी चार्जर नेटवर्क निर्माण गरिरहेको जनाएकाे छ, जसमा रिपेयर सप पनि समाहित हुनेछन् । यसले चार्जिङ सुविधालाई अझ प्रभावकारी बनाउने कम्पनीकाे भनाइ छ। साथै, ब्याट्री रिसाइक्लिङ रेजिडुअल भ्यालु म्यानेजमेन्टको लागि Attero India सँग सहकार्य गर्दै स्थिरतामा ध्यान दिइएको र त्यसको फाइदा ग्राहकले पाउने कम्पनीकाे दाबी छ ।

क्रेटा ईभीका मुख्य विशेषताहरू:

-२०० एमएम ग्राउण्ड क्लियरेन्स र १७ डिग्रीभन्दा बढी ब्रेकओभर एंगल (सेग्मेन्टमा सबैभन्दा उच्च), जसले हल्का अफरोडमा सहज ड्राइभिङ अनुभव प्रदान गर्छ ।

-११ किलोवाट एसी चार्जिङ (सेग्मेन्टमा मात्र उपलब्ध) जसले हाउसहोल्ड वाल माउन्ट चार्जरबाट केबल ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

-स्पेर टायर उपलब्ध, जबकी धेरै प्रतिस्पर्धि ब्राण्डहरुले केबल रिपेयर किट मात्र उपलब्ध गराउँछन् ।

-एडिएएस एण्ड एयरब्याग र ३६० डिग्री क्यामरा जस्ता एडभान्स्ड सेफ्टी फिचर छ जसले अधिकतम सुरक्षा र सुविधा सुनिश्चित गर्दछ।

हुन्डाई नेपालले क्रेटा ईभी का लागि ८ वर्षको ब्याट्री वारेन्टी र क्रेटा आईसका लागि ३ वर्षको भेहिकल वारेन्टी उपलब्ध गराउँदै ग्राहकलाई दीर्घकालीन हिसाबले विश्वसनीयता प्रदान गर्ने दाबी गरेकाे छ।

विगत एक दशकभन्दा बढी समयदेखि नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराईरहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उत्कृष्ट सेवा र ग्राहकको सन्तुष्टिलाई प्राथमिकता राख्दै आएको कम्पनीका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताएका छन्। प्रिमियम तथा गुणस्तरीय सवारी, उच्च रीसेल भ्यालु र उत्कृष्ट बिक्री पछिको सेवाले गर्दा नै हुन्डाई नेपाली उपभोक्ताहरुको शीर्ष रोजाईमा रहँदै आएको कम्पनीकाे दाबी छ।

Health Tips Ad Road Block