काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ७५ हजार रुपैयाँ रहेको सुनको मूल्य आइतबार १ लाख ७४ हजार १ सय रुपैयाँ रहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
आज चाँदी प्रतितोला १९८० रुपैयाँमा रहेको छ ।






















