काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ ।
चैत ६ र ७ गते हालसम्मकै उच्च १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार भने घटेको हो ।
आज सुन प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि घटेर १९९५ रुपैयाँमा आइपुगेको छ ।






















