काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। त्यसमा ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
बिहीबार बसेको सञ्चालक समितिको १०२ औँ बैठकले उक्त निर्णय गरेको हो
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।






















