काठमाडौं । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगालमा रहेको क्राउन ल्याबोरेटोरी एण्ड रेफरल केन्द्र (के.ल्याब) बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई उक्त ल्याबबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार ल्याबबाट प्रदान गरिँदै आएका सेवाहरुमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० प्रतिशतसम्म छुट दिइनेछ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले ग्राहकको सेवा सुविधालाई पनि महत्व दिएको देखिन्छ । वित्तीय साक्षरता अभियानमा पनि बैंकले देशभर विभिन्न अभियान गर्दै आएको छ ।
देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरु मार्फत बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।






















