काठमाडौं । प्रतिष्ठित गोल्छा संगठनको सदस्य साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटर T03 को आधिकारिक रूपमा लन्च गरेको छ। काठमाडौंमा मंगलबार T03 लन्च गरिएको हो । उक्त समारोहमा साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरीय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गरे ।
लिपमोटर T03 मा ३७.३ kWh ब्याट्री रहेको छ जसको WLTP रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साकलमा ३९५ किमी रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा लेभल २ एडभान्स्ड LEAP पाईलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ।
“हामी लिपमोटर T03 नेपालमा प्रस्तुत गर्न उत्साहित छौं, जसले दिगो यातायातको भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउँछ,” साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने।
नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान र निपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै ब्रान्डको नेतृत्व, दृढता र उत्कृष्टताले यसको मूल्य झल्काउने बारेमा आफ्नो मन्तव्य राखेका थिए।
साङ्ग्रिला मोटर्स प्रालि २०१७ देखि प्यूजोको एकमात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ। C10 को हालको लञ्च र अहिले लिपमोटर T03 को लञ्चले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धता अझ सुदृढ बनाएको दाबी गरिएको छ। यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सांग्रिला मोटर्सले नेपालमा दिगो सवारीका लागि नयाँ मापदण्ड तय गर्दै नयाँ पुस्तामा विद्युतीय सवारीसाधनहरू उपलब्ध गराएर अटोमोटिभ ल्यान्डस्केपलाई नयाँ आकार दिन समर्पित रहेको जनाएको छ।
साङ्ग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो जसले गुणस्तरीय अटोमोबाइल उत्पादन र सेवाहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता अनुरुप काम गर्ने कम्पनीको रुपमा परिचित छ। नेपालमा लिपमोटर र सिट्रोनका आधिकारिक विक्रेता साङ्ग्रिला मोटर्सले नवीनतम प्रविधियुक्त र दिगो विकासलाई प्राथमिकता दिने सवारी साधनहरूलाई प्राथमिकतामा राख्ने गर्छ, जसले कम्पनीको दूरदर्शी सोच र गतिशील योजनालाई परिभाषित गरेको छ।






















