Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाली बजारमा रियलमी सि ६३ को नयाँ भेरिएन्ट उपलब्ध, १ मिनेट चार्जमा १ घण्टा कल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ८+१२८ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सि ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन् । फास्टेस्ट एभर ४५ वाट सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडि र भिगनफिनिसका साथ आएको यस रियलमी सि ६३ को ८+१२८जीबी भेरिएन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ ।

यसबारे बोल्दै रियलमी नेपालका ब्रान्ड म्यानेजर काजोल झालेभने, ‘हामी नेपाली बजारमा रियलमी सि ६३ को यो भेरिएन्ट ल्याउन पाउँदा निकै उत्साहित छौं । यो स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । ग्राहकवर्गको चाहनालाई मध्यनजर गर्दै हामीले सि ६३ को८+१२८ जीबी भेरियन्ट झनै किफायती मूल्यमा ल्याएका छौँ ।”

फास्ट चार्जिङ र शक्तिशाली ब्याट्री

४५ वाटको सुपरभोक चार्जर रहेको रियलमीसि ६३ छिटै चार्ज गर्न सकिन्छ । साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ । ३८ दिनको स्ट्याण्ड बाइ टाइम भएको रियलमीसि ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टा सम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ । ३८ प्रकारका चार्ज प्रोटेक्शन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ रियलमी सि ६३ ले केवल छिटो चार्जिङ मात्र होइन, उच्च सुरक्षापनि सुनिश्चित गर्दछ। विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभरि भरपर्दो पावर उपलब्ध गराउँछ।

आकर्षक डिजाइन र उच्चतम अडियो

कम्पनीका अनुसार ७.७४ मिलिमिटर चौडाइ भएको रियलमी सि ६३ जेड ग्रीन र लेदर ब्लू रंगमा डिजाइन गरिएको छ । केवल १९१ ग्रामतौल भएको यो फोन चलाउन पनि उत्तिकै सहज छ । वान–माइक नोइज क्यान्सलेशन र सुपर लिनियर मोनो स्पिकरहरू पनिभएको हुँदा यसको अडियो क्वालिटी पनि राम्रो रहेको छ । साथमा म्याजिकग्लोइङ डिजाइनले भिजुअल रिपलइफेक्ट पनि प्रदान गर्दछ ।

टिकाउ एवम् उत्कृष्ट प्रदर्शन

कम्पनीका अनुसार रियलमी सि ६३ लाई दीर्घकालीन प्रयोगको लागिविशेष रूपमा डिजाइन गरिएको छ । यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ जसले ४ वर्षसम्म बिना कुनै रोकावट र ल्याग–फ्री प्रदर्शन सुनिश्चित गर्दछ । यो स्मार्टफोन अक्टा–कोर चिपसेटद्वारा निर्माण भएको छ जसमा८+१२८जीबीको डाइनामिक ¥याम र १२८ जिबीसम्मकोे स्टोरेज अप्सन रहेको छ जुन ग्राहकवर्गको लागि अधिकतम हुन्छ । रियलमी सि ६३ माएआई बुस्ट प्रविधि रहेको छ जसले गेमिङ र मल्टिटास्किङलाई थप प्रभावकारी बनाउँछ। स्मूथ बुस्ट प्रविधिले एपहरू छिटो लन्च गर्न र सहज रूपमा स्विच गर्न मद्दत गर्दछ भने गेम बुस्टले गेमिङको स्थिरतामा १०% सुधार गर्दै फ्रेम रेटलाई अझ स्थिर बनाउँछ।

आई कम्फर्ट डिस्प्ले र उत्कृष्ट अडियो अनुभव

रियलमी सी ६३ को ६.७४५ इन्च डिस्प्लेमाजीवन्त दृश्यहरू देख्न पाइन्छ । यसमा ५६० निट्स (एचबिएम) सम्मको ब्राइटनेस पनि समेटिएकोले सबै खाले लाइटिङ कन्डिसनमा यसको प्रयोग मजाले गर्न सकिन्छ । स्कृन टु बडी ९०.३ प्रतिशतको साथमा १६००८७२० को एचडी रिजोलुसन र ९० हर्जको रिफ्रेस रेटको साथ रियलमी सी ६३ ले इमर्सिभ डिस्प्ले अनुभव प्रदान गर्दछ । साथै यसको डिस्प्लेले १८० हर्जसम्मको टच स्याम्प्लिङ रेटलाई पनि सपोर्ट गर्दछ । उत्कृष्ट अडियो अनुभवका लागि २०० प्रतिशत क्षमताको अल्ट्रा बुम स्पिकर उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

मेमोरी र स्टोरेज, एडभान्स क्यामेरा सिस्टम

रियलमी सि ६३ मा ५० मेगापिक्सेलको एआइ क्यामेरा रहेको छ । साथमा ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफभ्यु प्रदान गर्दछ । यसमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गूगल लेन्स जस्ता फिचरहरु पनि समावेश रहेको छ । साथै ७२० पिक्सेलको भिडियो ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ । त्यसैगरी स्ट्रिट फोटोग्राफी फिल्टरले सहरका उत्कृष्ट दृश्य खिच्ने कम्पनीले जनाएको छ ।

आधुनिक जीवनशैलीका लागि नवीनतम विशेषताहरू

कम्पनीका अनुसार रियलमी सि ६३ मा एयर जेस्चर प्रविधि रहेको छ जसले प्रयोगकर्ताहरूलाई फोन नछोईकनै कल उठाउन वा सामाजिक सञ्जालमा ब्राउज गर्न सक्ने सुविधा प्रदान गर्दछ । डायनामिक बटनले थप सहजता दिनका लागि अनुकूलन गर्न मिल्ने सर्टकट उपलब्ध गराउँछ भने राइडिङ मोडले यात्राकोक्रममा थप सुरक्षित बनाउँछ ।
एआई न्वाइज रिडक्सन कलफिचरको माध्यमबाट रियलमी सि ६३ ले वरपरको अवाञ्छित आवाजलाई दबाएर नोइजी वातावरणमा पनि स्पष्ट र क्लीयर कलको अनुभव दिन्छ ।

दैनिक जीवनका चुनौतीहरू सामना गर्न तयार

आइपि ५४ वाटर रेजिस्टेन्ट रेटिङको प्रमाणपत्र प्राप्त गरेको रियलमी सि ६३ स्प्ल्यास–प्रुफ र डस्ट–प्रुफ छ । रियलमीसि ६३ ५ लाख पटक पावर बटन थिच्ने परीक्षण, २० हजार पटक चार्जिङ पोर्ट परिक्षण र ड्रप टेस्ट जस्ता कडा परीक्षणहरूबाट प्रमाणित भएको छ। यसको बलियो बनावटले लामो समयसम्म टिकाउपन सुनिश्चित गर्दछ ।

कनेक्टिभिटी र नेभिगेसन

रियलमी सि ६३ ले डुअल सिममोड सपोर्ट गर्दछ । साथै ५ गिगाहर्जको वाइ–फाइ, ब्लुटुथ ५.० सहित जिपिएस, ग्लोनास, बिडिएस र ग्यालिलिओ लगायतका नवीन नेभिगेसन फिचरहरू पनि यस स्मार्टफोनमा उपलब्ध छन् ।

पृथक युजर एक्स्पेरियन्स

एन्ड्रोइड १४ माआधारित रियलमी सि ६३ मा रियलमी युआई समावेश रहेको छ । विभिन्न कस्टोमाईजेशन र प्राईभेसि अप्शनहरूका सुविधाको साथ प्रयोगकर्ताको अनुभवलाई फरक बनाउने कम्पनीले जनाएको छ ।

मूल्य र उपलब्धता

रियलमी सि ६३ को ८+१२८जीबी स्टोरेज भेरिएन्ट रु.२०,९९९ माजेड ग्रीन र लेदर ब्लू रंगमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
सबैभन्दा छिटो चार्जिङ हुने क्षमता, सबैभन्दा स्लिम डिजाइन, सबैभन्दा स्मूथ टच र लामो समय टिक्ने उत्कृष्ट प्रदर्शनको साथ रियलमी सि ६३ स्मार्टफोनको बजारमा एक गेम चेन्जर भएको कम्पनीको दाबी छ ।

Health Tips Ad Road Block