Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘सङ्घीय निजामती सेवा ऐनको विवाद सकियो, अब चाँडै पारित हुनेछ’

Citizenlife ad 2082 falgun to baishak 2083

पर्सा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा ऐनको विवाद सकिएको दाबी गरेका छन् । नेकपा एमाले विन्दवासिनी गाउँपालिका कमिटीले आयोजना गरेको दोस्रो गाउँपालिका अधिवेशन कार्यक्रममा उनले नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेको वर्तमान सरकारमा आफूले पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीअन्तर्गत देशकै प्रमुख समस्याको रूपमा खडा भएको संघीय निजामती सेवा ऐनको विवाद पटक–पटक वार्ता र छलफलमार्फत अन्तिम चरणसम्म पुर्‍याएको दाबी गरेका हुन् । सो ऐन केही दिनभित्रै पारित गरी राष्ट्रसेवक कर्मचारीहरूलाई खुसी दिने दाबी उनको छ ।

त्यस्तै उनले आफ्नो पार्टी नेकपा एमालेले देशको विकास र समृद्धिको नेतृत्व गरिरहेका दाबी गरेका छन् ।

मन्त्री गुप्ताले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको चर्चा गर्दै देशको विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको बताएका हुन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुप्ताले २०५१ मा गठन भएको एमाले नेतृत्वको सरकार र २०७२ को राजनीतिक परिवर्तनपछि गठन भएको सरकारको नेतृत्वले गरेको विकासका कामले आम नागरिकको मन जितेको बताए । ‘अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको थप आकाङ्क्षा पूरा हुनसक्छ,’ उनले भने । एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको उनको भनाइ छ ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको साथै जनता आवास कार्यक्रम र प्रत्येक गाउँलाई शहरसँग जोड्ने योजनाअन्तर्गत हुलाकी राजमार्गको योजना समेत नेकपा एमालेले ल्याएको उनले बताएका छन् ।

Health Tips Ad Road Block