Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१८ फागुनदेखि काठमाडौंमा ‘एमएडब्लु इभी कार्निभल’ आयोजना हुँदै

आकर्षक अफरसहित दिपल, नामी र सेरेस इभीको टेस्ट ड्राइभ र एक्सचेन्ज

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको छ । यो कार्यक्रम काठमाडौंको अमरपाली बैंक्वेट, नक्सालमा फागुन १८ देखि २१ गतेसम्म (आइतबारदेखि बुधबारसम्म) बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म दैनिक सञ्चालन गर्ने जनाएको छ । साथै उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुने कम्पनीले जनाएको छ । विराटनगरमा यो कार्यक्रम कञ्चनजङ्घा बैंक्वेटमा आयोजना हुनेछ । चार दिनसम्म चल्ने नेपालकै ठूलो भनिएको इभी कार्निभल ग्राहकले पछिल्लो समयमा नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै अभुतपूर्व अफरको फाइदा उठाउँदै इभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो एक्सक्लुसिभ कार्निभलमा ग्राहकले नेपालमा भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सक्ने कम्पनीको भनाइ छ । जुन एउटा सिंगल बटनमा एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन्छ साथै यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस ०७, एस ०७ एल, एल ०७ का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्नेछन् । त्यसले यो इभेन्ट हरेक इभीप्रेमीका लागि अभुतपूर्व अनुभवको हुने कम्पनीको दाबी छ ।

एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटो प्लस इन्स्योरेन्स पाउने कम्पनीले विज्ञपितमार्फत जानकारी दिएको छ । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउने कम्पनीले जनाएको छ । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउने एमएडब्लुले जनाएको छ ।

कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिनेछ जसलाई मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ । हरेक दिन बुकिंग गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउनै र बम्पर उपहारमा बुकिंग गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन १६ प्रोम्याक्स पाउने कम्पनीले जनाएको छ । रिफ्रेसमेन्ट र म्युजिकले यो कानिर्भललाई अझ आउन लायकको बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।

पछिल्लो समयमा नेपाली अटोबजारमा दिपल, नामी र सेरेसले राम्रो प्रदर्शन गरिरहेको र आफ्नो डिजाइन एवं प्रविधिका कारण दिपललाई छोटो समयमै बजारले निकै रुचाएको कम्पनीको दाबी छ । त्यस्तै नामी र सेरेसले पनि आक्रामक रुपमा बजार लिइरहेको कम्पनीको भनाइ छ ।

Health Tips Ad Road Block