काठमाडौं । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी हाई–टेक वीक २०२५ को शुभारम्भ गरेको छ । नेपालमा चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रालिका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रालिकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा सो इभेन्टको शुभारम्भ गरिएको हो ।
इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु८ (Yangwang U8), एफसीबी बाओ ५ (FCB Bao 5), डेन्जा जेड ९ जीटी (Denza Z9GT), डेन्जा डी ९ (Denza D9) र बीवाईडी शार्क ६ (BYD Shark 6) सार्वजनिक गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्नेगरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित रहेको कम्पनीले जनाएको छ ।
बीवाईडी हाई–टेक वीकमा प्रदर्शन गरिएका प्रविधिहरु
इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ, जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् । यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सुसज्जित रहेका छन्।
१. ब्लेड ब्याट्री नेलपेनेट्रेसन टेस्ट
बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ।
२. ई–प्लेटफर्म ३.० को प्रस्तुति
बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट (Intellegent Energy Management) सहित उपलब्ध छ।
३. डेन्जा जेड ९ जीटी कम्पास टर्नर एक्स्ट्रिम टर्न प्रदर्शन
सानो स्थानमा पनि सहज तरिकाले चल्नसक्ने कम्पास टर्न (Compass turn) फिचर यसमा देख्न सकिन्छ । त्यसैगरी सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ देख्न सकिन्छ ।
४. एफसीबी बाओ ५ स्पिड बम्पर सस्पेन्सन टेस्ट
जस्तोसुकै सतह वा टेरेनमा पनि सुपेरियर राइड कम्फर्टर स्टेबिलिटी पाउन सकिने बीवाईडीको इन्टेलिजेन्टस स्पेन्सन सिस्टम (Intellegent Suspension System) यसले देखाएको छ ।
५. याङवाङ यु ८ e4 प्लेटफर्म र डिसस–पी
यसमा क्रान्तिकारी लाग्ने ट्यांक टर्न (Tank Turn) फिचर पाउन सकिन्छ, जुन e4 प्लेटफर्मबाट संचालित हुन्छ । यसले सुपेरियर अफरोड पर्फमेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउँछ ।
त्यसैगरी डिससपी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम प्रदर्शन गरिएको छ, जसले एक्स्ट्रिम कन्डिसनमा पनि स्टेबिलिटी (stability) र एडेप्टिबिलिटी (adaptability) उपलब्ध गराउँछ।
मोबिलिटीको भविष्यमा अग्रगामी बन्दै
अटोमोटिभ इनोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अगाडि बढाउने बीवाईडीको प्रतिबद्धतालाई बीवाईडी हाई–टेक वीकले पुनःपुष्टी गर्ने एक प्लेटफर्मको रुपमा कार्य गर्नेछ। यसमा शोकेस गरिएका प्रविधिले ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट–जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बीवाईडीको नेतृत्वलाई जोड दिन्छ।
इभेन्टको अवसरमा बोल्दै साइमेक्स इंक प्रालिका चेयरम्यान अनिल श्रेष्ठले भने, ‘न्यू इनर्जी भेइकल टेक्नोलोजीमा भएका सबै सम्भावनाका सीमाहरुलाई बीवाईडीले लगाताररुपमा पार गरिरहेको छ । हालसम्मकै एड्भान्स्ड अटोमोटिभ टेक्नोलोजीलाई नेपालमा उपलब्ध गराउने हाम्रो भिजनको एक झलक बीवाईडी हाई–टेक वीक हो । यसले अझै सुरक्षित, स्मार्ट र दिगो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्नेछ।’
‘ईभी ब्याट्री टेक्नोलोजी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र सुपेरियर भेइकल इन्जिनियरिङको क्षेत्रमा भएका पछिल्ला सफल प्रविधि सहितका विश्वस्तरीय इलेक्ट्रिक सवारी साधन नेपाली ग्राहकमा झल्याउन साइमेक्स इंक प्रालि सदैव प्रतिबद्ध छ।’ उनले भने ।

फेब्रुअरी २७ बाट प्रारम्भ बीवाईडी हाई–टेक वीक आगामी मार्च २ सम्म चल्नेछ । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न क्रियाकलाप हुने कम्पनीले जनाएको छ ।
पहिलो चरणः ११ देखि १२.३० बजेसम्म
दोस्रो चरणः १.३० देखि ३.०० बजेसम्म
तेस्रो चरणः ४.०० बजेदेखि ५.३० बजेसम्म
अवलोकनकर्ताहरुले आफूलाई उपयुक्त समय अनुसारको अनुकूलता मिलाएर इभेन्ट हेर्न सक्ने कम्पनीको भनाइ छ । बीवाईडी हाई–टेक वीक २०२५ को टिकट इसेवामा उपलब्ध रहेको कम्पनीले जनाएको छ । विद्यार्थीहरुलाई भने परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था हुनेछ।






















