Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेशनल लाईफको ३८ औं वार्षिकोत्सव सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३८ औँ वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेकाे छ । कम्पनीको ३८ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारी वर्गहरु र शुभेच्छुकहरुप्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आभार व्यक्त गर्दै त्यस अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई आर्थिक सहयोग सहित त्यहाँ रहेका बालबालिकाहरुलाई खाना खुवाउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । त्यस्तै सोही अवसरमा उनले कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरेको बताए ।

उनले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारिरीक तथा मानसिकरुपमा सबल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फ क्रिकेट, पुरुष तथा महिलातर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको बताए ।

बुढानिलकण्ठस्थित होटल लेमन ट्रिमा मनोरञ्जानात्मक प्रस्तुतीसहित सम्पन्न गरिएको वार्षिकोत्सव समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाणपत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

Health Tips Ad Road Block