skip this News Page Tips Ad Road Block

पाँच सय दरका नयाँ नोट आजदेखि आए चलनचल्तीमा !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

गभर्नर प्रा.डा.विश्वनाथ पौडेलको हस्ताक्षर रहेका नयाँ नोट साविककै आकार र रंगमा उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।

नेपाली नोटको नम्बरिङ प्रणालीमा संकतका अक्षरहरू क, ख, ग गर्दै अगाडि बढ्छन् । यहाँ प्रयोग भएका संकेतहरूः झ, ञ, ट हुन् र प्रत्येक अक्षर भित्र ०००००१ देखि ९९९९९९ सम्म ९ लाख ९९ हजार ९९९ थान (करिब १० लाख) नोटहरू छापिन्छन् ।

Health Tips Ad Road Block