काठमाडौं । चौथो संस्करणको केन्द्रविन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३ सम्पन्न भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे दुईवटा प्यानल डिस्कसनसहित कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शैक्षिक जगतमा योगदान गर्ने सुदूरपश्चिम विश्वविद्यालयका प्रथम संस्थापक उपकुलपति प्रा.डा. जयराज अवस्थी र प्रसादी एकेडेमीका प्रमुख विक्रम राईलाई शिक्षा क्षेत्रका लागि प्रोज्ज्वल नक्षत्र २०८३’ उपाधिबाट विभूषित गरिएको थियो ।
यसैगरी ललितपुरमा अवस्थित पिनाकल एकेडेमीका प्रिन्सिपल डा. ऋषी तिवारी, काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.भोला थापा र राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याललाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८३’ द्वारा सम्मानित गरिएको थियो ।
कार्यक्रममा देशैभरका शिक्षण संस्थाहरूमा आफूलाई अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सफल शैक्षिक संस्थाहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले शैक्षिक नतिजा र योगदानका आधारमा उत्कृष्ट ठहर्याएका संस्थागततर्फ काठमाडौंको बागबजारमा रहेको केएमसी सेकेण्डरी स्कुल (केएमसी) तथा डिल्लीबजारस्थित ट्रिनिटी इन्टरनेसनल स्कुल सर्वोत्कृष्ट घोषित भएका छन् । सामुदायिकतर्फ भने त्रिपुरेश्वरस्थित विश्व निकेतन सेकेण्डरी स्कुल सर्वोत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ ।
यस्तो छ विभिन्न शैक्षिक संस्थाहरुले पाएको अवार्डहरु !
१. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड – काठमाडौं मोडल सेकेन्डरी स्कुल (बागबजार)
२. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड – ट्रिनिटी इन्टरनेशनल सेकेन्डरी स्कुल
३. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड – विश्व निकेतन सेकेण्डरी स्कुल
४. बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड – नासा सेकेन्डरी स्कुल
५. बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड – लिभरपुल सेकेण्डरी स्कुल
६. कन्सिस्टेन्ट एकेडेमिक पर्फमेन्स अवार्ड – रिलायन्स इन्टरनेशनल एकेडेमी
७. कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड – सेन्ट लरेन्स सेकेन्डरी स्कुल
८. बेस्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड – मेरील्याण्ड सेकेन्डरी स्कुल
९. आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड – अरनिको आवासीय सेकेन्डरी स्कुल
१०. आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड – मदरल्याण्ड सेकेन्डरी स्कुल
११. बेस्ट इनोभेटिभ टिचिङ प्राक्टिसेस अवार्ड – नेपाल मेगा कलेज
१२. प्रेस्टिजियस प्लस टु अवार्ड – नोबेल एकेडेमी सेकेन्डरी स्कुल
१३. बेस्ट लर्निङ सेन्टर अवार्ड – लिटिल एन्जल्स सेकेन्डरी स्कुल
१४. आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड – भीएस निकेतन सेकेन्डरी स्कुल
१५. डाइनामिक एजुकेसन लिडरसिप अवार्ड – नेपाल काष्ठमण्डप
१६. रिजनल प्रेस्टिज अवार्ड – शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुल
१७. बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड – जेभियर एकेडेमी
१८. इमर्जिङ प्लस टु अवार्ड – युनिग्लोब प्रिमियर स्कुल
त्यस्तै ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गर्ने संस्थागत शैक्षिक संस्थाहरु
– प्रसादी एकेडेमी
– एनसीसीएस सेकेन्डरी स्कुल
– समृद्धि सेकेन्डरी स्कुल
– टेक्सास इन्टरनेशनल सेकेन्डरी स्कुल
– मनास्लु वल्र्ड स्कुल
– किस्ट सेकेन्डरी स्कुल
– मोर्गन सेकेन्डरी स्कुल
– काठमाडौं बन्र्हाट सेकेन्डरी स्कुल
– पिनाकल एकेडेमी सेकेन्डरी स्कुल
– काठमाडौं मोडल कलेज (बालकुमारी)
–ब्रिजवाटर सेकेन्डरी स्कुल
–आईएसटी सेकेन्डरी स्कुल
प्रदेशअन्तर्गत सम्मानित हुने उत्कृष्ट सामुदायिक विद्यालयहरू
१.मोहनमाया सेकेण्डरी स्कुल, विर्तामोड, झापा (कोशी प्रदेश)
२.जनता सेकेण्डरी स्कुल, बर्दिबास, महोत्तरी (मधेश प्रदेश)
३. नारायणी मोडेल सेकेण्डरी स्कुल, भरतपुर चितवन (बागमती प्रदेश)
४. अमर सिंह सेकेण्डरी स्कुल, पोखरा, कास्की (गण्डकी प्रदेश)
५. कालिका मानवज्ञान सेकेण्डरी स्कुल, बुटवल, रुपन्देही (लुम्बिनी प्रदेश)
६. राप्ती ज्ञानोदय सेकेण्डरी स्कुल, मुसिकोट, रुकुम, (कर्णाली प्रदेश)
७. सेटीगाउँ सेकेण्डरी स्कुल, डिलासैनी, बैतडी, (सुदुरपश्चिम प्रदेश)
कार्यक्रममा विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीका लागि गुणस्तरीय परामर्श सेवा दिँदै आएका कन्सटल्टेन्सीहरुलाई पनि सम्मान गरिएको थियो । ती यसप्रकार छन्ः–
१. अल्टिमेट कन्सल्टेन्सी एण्ड एड्भाइजरी नेटवर्क (युक्यान) – ‘बेस्ट करियर काउन्सिलिङ अवार्ड’
२. कङ्गारु एजुकेसन कन्सल्टेन्सी – ‘पायोनियर इन अस्ट्रेलियन एजुकेसन अवार्ड’
३. अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सी – ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी युके अवार्ड’
४. द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी – ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी अष्ट्रेलिर्या’
५. इन्फर्मेटिक्स कन्सल्टेन्सी प्रा.लि. – ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी – न्यूजील्याण्र्ड’
६. अर्बिट इन्टरनेसनल एजुकेसन –‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी –यूएसए’
७. गोरेटो कन्सल्टेन्सी – ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी क्यानडा’
८. ओपन भिजन एजुकेसन फाउन्डेसन प्रा.लि. –‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी जापान’
९.केआईईसी कन्सल्टेन्सी –‘लिडिङ मल्टि(डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’
१०.इनलाइटन इन्टरनेसनल एजुकेसन –‘ट्रस्टेड मल्टि(डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’
११. वेद इन्टरनेसनल एजुकेसन –‘इमर्जिङ मल्टि–डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’
१२. ओली एण्ड एसोसिएट्स –‘पायोनियर इन अष्ट्रेलियन एजुकेसन अवार्ड’






















