Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिंहदरबार चारेर अनुदान लिने विगतको प्रवृति अन्त्य भएको कृषिमन्त्री अधिकारीको दाबी 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसान मन्त्रालयले किसानकै पक्षमा काम गरि रहेको बताएका छन् । युवा किसान सञ्जालले आज काठमाडौंमा आयोजना गरेको किसान सम्मान एवं अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफूले मन्त्रालयको नेतृत्व समालेको आठ महिनाको अवधिमा भएका कार्य र निर्णयहरु समग्र कृषि र किसानको पक्षमा भएको बताए । ‘अझै थुप्रै कामहरु गर्न बाँकी छ जसको सकारात्मक प्रतिफल देखिंदै जाने छ,’ मन्त्री अधिकारीले भने ।

‘कृषि ऐन चाँडै अघि बढाउने गरि मन्त्रालयले काम गरिरहेको छ, कृषि मार्फत हामीले चाहेको सम्वृद्धि नयाँ ऐन मार्फत प्राप्त हुन सक्ने गरी तयार हुदैछ’, मन्त्री अधिकारीले भने, ‘ऐन चाँडै मन्त्रीपरिषद् हुँदै संसदमा पुग्दैछ । कृषि मार्फत गरिबी घटाउँदैै कम्तीमा आफनै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुरयाउने लक्ष्य ऐनले बोकेको मन्त्री अधिकारीले बताए।

‘किसानलाई परिचय पत्र वितरणको कार्य यसै वष देखि सुरु गर्दैछौँ । प्रधानमन्त्रीवाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी छ ।’ उनले भने। मन्त्री अधिकारीले कृषि मन्त्रालय मार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाहरुको नाम सार्वजनिक गरिएको उल्लेख गर्दै कृषि र किसानको नाममा १ खर्ब ७ अर्ब रुपैयाँ वितरण भएको रहेछ । यसको उपलब्धी खोज्ने काम भएको छ’,भने ।

मन्त्री अधिकारीले सिंहदरबार चारेर अनुदान लिने विगतको प्रवृतिको अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदा सम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे। किसानले समयमा मल र बिउ नपाउने मन्त्रालय के गरि बसेको छ भन्ने प्रश्न उठ्ने गरेको भन्दै मन्त्री अधिकारीले ठूलो रकम रासायनिक मलमा अनुदान गएको र यसको सहज वितरणमा प्रदेश र स्थानीय तहको पनि महत्वपूर्ण भूमिका हुने बताए ।

Health Tips Ad Road Block