काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । तोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँमा पुगेर सुनको मूल्य नयाँ उचाईमा पुगेको हो ।
हिजोको तुलनामा आज मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ८०० रुपैयाँ रहेको थियो ।
यसअघि कार्तिक १५ गते १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । फागुन ८ गते बिहीबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । यो कारोबार मूल्यमा आज पुनः ब्रेक लागेको हो ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरिरहँदा चाँदीको मूल्य भने घटेको छ । तोलामा मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १९७० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।






















