काठमाडौं । टाटाको कर्भ इभीसहित तीन गाडी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले काठमाडौंमा एक कार्यक्रम गरी गाडी सार्वजनिक गरिएको हो ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड यश खन्डेलवाल लगायतको उपस्थितिमा गाडी सार्वजनिक गरेको हो ।

सो अवसरमा सीइओ राजनबाबु श्रेष्ठले कर्भ इभीको डिजाइन, सेफ्टी फिचर, साउन्ड सिस्टम, प्रिमियम इन्टेरियर, युजर फ्रेन्ड्ली प्रविधि, पावरट्रेन जस्ता विशेषता भएकोले यसको बजार राम्रो रहने विश्वास व्यक्त गरे ।
कर्भ इभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी कम्पनीले यससँगै सार्वजनिक गरेको नेक्सन के थ्री को मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र टाटा टियागो ईभीको मूल्य २७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।






















