ताप्लेजुङ । दिनदिनै झडप बढ्दै गएपछि ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्र र पाथीभरा क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । पाथीभरामा निर्माण हुन लागेको केबलकारका विषयमा विवाद बढेपछि चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा(कर्फ्यु आदेश) जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्धारा जारी आदेशमा सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।























