Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मास्टर इन्जिनियरिङमा हिलसाईड कलेज अफ इन्जिनिएरिङ नेपालकै उत्कृष्ट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिलसाईड कलेज अफ इन्जिनिएरिङ मास्टर इन्जिनियरिङमा नेपालकै एक उत्कृष्ट कलेज रहेको छ । रिसर्च र प्राक्टिकल शिक्षामा विशेष ध्यान दिएका कारण हिलसाईड कलेज अफ इन्जिनियरिङले उत्कृष्टता हासिल गरेको कलेजको दाबी छ ।

विगत १३ वर्षदेखि बिई सिभिल र बिई इलेक्ट्रिकल अध्ययन अध्यापन गराउँदै आएको कलेजमा हाल MSc. in Construction Management र MSc. in lEectrical Power Engineering को कक्षा समेत सञ्चालन भइरहेका छन् । मास्टर इलेक्ट्रिकल तर्फका डा. सुजन अधिकारीका अनुसार कलेजको मास्टर प्रोग्राममा फ्याकल्टी व्यवस्थापन, सम्बन्धित विधाका सिनियर प्रोफेसरहरू, सम्बन्धित विषय विज्ञ पूर्व सचिवहरू लगायतले अध्यापन गराउने कारण पनि यो कलेज अब्बल बन्दै गएको हो । प्राध्यापक सूर्य आचार्य, नष्टका पूर्व भिसी सुनील बाबु श्रेष्ठ, पूर्व सचिव दिनेश घिमिरे लगायत दर्जनबढीले नियमितरुपमा वा गेस्ट लेक्चररका रुपमा कलेजमा अध्यापन गराइरहेका छन् ।

त्यहाँ पढ्ने विधार्थीहरुका अनुसार काठमाडौंको केन्द्र भाग कोटेश्वर बालकुमारीमा अवस्थित त्यस कलेजमा विभिन्न कलेजका प्रोफेसनल व्यक्तिहरुबाट प्राप्त प्राक्टिकल ज्ञान नै त्यहाँको सबल पक्ष हो । त्यस्तै नियमितरुपमा आउन नसक्नेहरुका लागि अतिरिक्त कक्षा सञ्चालन हुने कारण पनि सबैका लागि सुबिधा हुने विद्यार्थीहरुको भनाइ छ । त्यस्तै मास्टर अध्ययन गरिरहँदा त्यहाँ भएका फ्याकल्टीहरू सिनियर सरहरू र उनीहरूको अनुभव एवं कोर्सको पाठ्यांशलाई तालमेल गरिएको हाइब्रीड शिक्षा लिनेगरी बनाइएकोले यो अझै सबल पक्ष बनेको विद्यार्थीहरुको अनुभव छ । प्राक्टिकल नलेज र बजारको माग अनुसार अगाडि बढ्नको लागि बिई वा मास्टरका लागि हिलसाईड कलेज अफ इन्जिनियरिङ रोज्नुपर्ने उनीहरुको भनाइ रहेको छ ।

कन्स्ट्रक्सन म्यानेजमेन्टतर्फ कोअर्डिनेटरको भूमिकामा प्रमोदकृष्ण कर्माचार्य रहेका छन् । उनले नेपाल सरकारको भवन विभाग लगायत विभिन्न निकायहरूमा लामो समय कार्य गरको अनुभव रहेकाे छ । इलेक्ट्रिकल पावर इन्जिनियरिङतर्फ केयु लगायत विभिन्न कलेजमा अध्यापन गराइसकेका डा. सुजन अधिकारी कोअर्डिनेटरको जिम्मेवारीमा रहेका छन् ।

त्यस्तै मास्टर तहको अध्यापन विशिष्टीकृत एवं अनुसन्धानमा आधारित हुने गर्दछ । विद्यार्थीहरुले बढो मेहनत गरेर तयार पारेको थेसिस रिपोर्टलाई राज्यले नीतिगत तहमा लिनसके मुलुकको हित हुने कलेजका प्रिन्सिपल डा. समित थापा बताउँछन् ।

पूर्वाञ्चल विश्वविद्यालयका बारेमा केही वर्ष अघिसम्म परीक्षा र रिजल्टलाई लिएर टीकाटिप्पणी हुने गरेको भएपनि पछिल्लो समयमा परीक्षा एकाडेमिक क्यालेन्डर अनुसार नै हुन थालेको छ । इन्जिनियरिङ तर्फका पेण्डिङ रिजल्टहरू सबै प्रकाशित भइसकेका छन् । उपकुलपतिले तीन महिनाभित्र रिजल्ट निकाल्ने प्रतिबद्धता जनाएका छन् । सम्बन्धन प्राप्त कलेजहरूको पनि रिजल्ट प्रतिशत बढेको छ । नेपाल इन्जिनियरिङ परिषद्को जाँचले पनि राम्रै नतिजा देखाएको छ । काउन्सिलका अनुसार भारत लगायत अरू देशमा पढेर काउन्सिलको जाँच दिनेहरूभन्दा नेपालका विश्वविद्यालयमा अध्ययन गरेर जाँच दिनेको रिजल्ट राम्रो देखिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङतर्फका पाठ्यक्रमहरू गएको वर्षदेखि पूर्णरूपमा परिमार्जन गरी ४० अंक सम्बन्धित फ्याकल्टीले नै दिन पाउनेगरी फ्याकल्टीलाई जिम्मेवार बनाइएको छ भने आठौँ र सेमेस्टरमा विद्यार्थीले तीन महिना इन्टर्नसिप गर्नैपर्ने गरी व्यवहारिक शिक्षामा जोड दिएको फ्याकल्टी बोर्डका सदस्य समेत रहेका डा.समित थापा बताउँछन् । ‘प्रोफेसर डा.बिजु थपलिया आएपछि अगाडिको राम्रो कामहरूलाई निरन्तरता र थप नयाँ कार्ययोजना लिएर अघि बढ्नु भएकोले हामी सबै स्टेकहोल्डरहरूले आ–आफ्नो कर्तव्य पूरा गरेर उहाँलाई सफल बनाउन सक्दा मात्रै विश्वविद्यालय सफल हुनेछ भन्ने मलाई लाग्छ । सुधारको गुन्जायस सदैव रहन्छ । यो नियमित प्रक्रिया हो । सुधारका कामहरू अलिक देखिनेगरी तीव्र गतिमा होस् भन्ने सुझाव दिन चाहन्छु ।’ उनले भनेका छन् ।

उनले परीक्षा व्यवस्थापनमा सुधार र कलेजहरूको माग अनुसार कार्यक्रम थप गर्नु यतिबेला उपयुक्त हुने सुझाव दिएका छन् । भारत लगायत विदेश जाने विद्यार्थीको तथ्यांक राख्न र पढिसकेपछि नेपाल फर्किने वातावरण बनाउन पनि यतिबेला जरुरी देखिएको विज्ञहरुको मत छ । त्यस्तै अब नेपालका विद्यार्थी विदेश जाने होइन, विदेशका विद्यार्थी नेपाल कसरी भित्र्याउने भन्नेतर्फ कन्सल्टेन्सीहरू एवं सरोकारवालासहित सबैले घोत्लिएर सोच्नुपर्ने बेला पनि आइसकेको जानाकारहरु बताउँछन् ।

Health Tips Ad Road Block