Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दुई वर्षमा निर्माण सक्ने लक्ष्यका साथ २८.३० मेगावाटको मध्यचमेलियाको शिलान्यास

Citizenlife ad 2082 falgun to baishak 2083

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका– २ मा निर्माण हुने २८.३० मेगावाटको मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास भएको छ । प्रवद्र्धक दार्चुला पावर लिमिटेडले पाँच अर्ब ६६ करोडको लागतमा निर्माण सम्पन्न गर्न लागेको आयोजनाको पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरेका हुन् ।

नेपाल बैंक लिमिटेड र नबिल बैंकको ७५ प्रतिशत ऋण लगानी रहेको मध्य चमेलियामा दार्चुला पावर लिमिटेडको २५ प्रतिशत स्वपुँजी रहेको छ

अपि पावर कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले निर्माण गर्ने मध्यचमेलिया जलविद्युत् आयोजना करिब २४ महिना अर्थात् २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सिभिलतर्फको काम गरिरहेका निर्माण व्यवसायी सुरेश चन्दले बताएका छन् । यसअनुसार २०८३ सम्ममा आयोजनाको निर्माण सम्पन्न गरिनेछ । गत वर्ष निर्माण सम्पन्न भएको अपर चमेलिया जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा आधा किलोमिटर तल मध्यचमेलियाको बाँध बन्ने दार्चुला पावर लिमिटेडका प्रबन्ध सञ्चालक शाश्वत चालिसेले बताए का छन् ।

आयोजना शिलान्यास कार्यक्रममा अपि पावर कम्पनीका सञ्चालक गुरु न्यौपानेले स्थानीयहरूको साथ भएमा थप आयोजनाहरूमा लगानी बढाउँदै लगिने बताएका छन् । कम्पनीको यो चौथो आयोजना भएको जानकारी दिँदै उनले अन्य सम्भावित आयोजना निर्माणका लागि पनि आफूहरुले सोचिरहेको बताए । उक्त आयोजना दार्चुलाबासीको सम्पत्ति भएको धारणा राख्दै उनले चमेलिया र महाकाली नदीमा थप सम्भावित आयोजनाहरु निर्माण गर्ने योजना रहेको सुनाए ।

सञ्चालक न्यौपानेले दार्चुलामा उत्पादित बिजुली भारतमा बेच्न दार्चुलाबाटै प्रसारणलाइन बनाउन सरकार लाई आग्रह गर्नुका साथै पहलकदमी लिइदिन नेताहरुलाई अनुरोध गरेका छन् ।

सोहीक्रममा पूर्व मन्त्री बडूले दार्चुलामा नेपाल–भारत जोड्ने पुल बनिसकेको बताउँदै प्रसारणलाइन निर्माणका लागि पनि पहल गरिरहेको बताएका थिए ।

मार्मा गाउँपालिका–२ लाम्बगडमा बाँधस्थल रहने आयोजनाको साढे सात किलोमिटर तल मार्मा गाउँपालिका–३ नलबगडमा विद्युत्गृह निर्माण हुनेछ । बाँधस्थलबाट ३.३३ डायमिटरको एमएस (माइल्ड स्टिल) पाइपलाइनद्वारा विद्युत्गृहसम्म पानी पुर्‍याइनेछ । मध्यचमेलियामा पानीको प्रवाह प्रतिसेकेन्ड २५.१७ घनमिटर हुनेछ र नेटहेड (उचाइ) १२८.४६ मिटर रहनेछ । आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

Health Tips Ad Road Block