Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

थिङको अध्यक्षतामा समग्र उद्योग ट्रेड यूनियन लोमस फर्मास्युटिल्सका ९ सदस्यीय कमिटि निर्विरोध

Citizenlife ad 2082 falgun to baishak 2083

भक्तपुर । समग्र उद्योग ट्रेड यूनियन नेपाल लोमस फर्मास्युटिल्स प्रालिको सातौँ अधिवेशनले आशाकाजि थिङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कमिटि निर्विरोध निर्वाचित गरेको छ । काँडाघारीस्थित प्रतिष्ठान हलमा सम्पन्न अधिवेशनले थिङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत गरेको छ ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरि नेपालको उपस्थितिमा भएको अधिवेशनले उपाध्यक्षमा सहदेव चौलागाईँ सचिवमा करण लामा सहसचिवमा श्रीराम न्यौपाने कोषाध्यक्षमा शिवहरि बुढाथोकीलाई निर्वाचित गरेको छ । सदस्यहरुमा मिथिला केसी, पृति खड्का, धु्रव फुयाँल र ढोक बहादुर बुढाथोकी चयन भएका छन् । सल्लाहकारहरुमा अरुणा खनाल, मालती थापा र हरिकृष्ण रायमाझीलाई चयन गरिएको छ ।

अधिवेशन उद्घाटन गर्दै जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले सबैलाई समान अधिकार, अवसरमा पहुँच, समानताको प्रत्याभुति र सामाजिक न्याय एवं सुरक्षा हुनुपर्ने कुरामा जोड दिएका छन् । ‘सामूहिक सम्झौता गर्दा यूनियनको सहअस्तित्व हुनुपर्छ । श्रम विवादलाई समाधान गर्ने उपर्युक्त विधि सामाजिक संवाद हो । त्यसैले सबै पक्षले इमान्दारिताका साथ प्रस्तुत हुनुपर्छ ।’ उनले भने ।

नेपालले श्रमिकहरुले आफ्ना हक आधारित अधिकार लिनका लागि पनि आन्दोलन गर्नुपर्ने अवस्था दुःखद भएको बताउँदै फितलो श्रम प्रशासनका कारण कानुन प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको बताए ।

अधिवेशनमा समग्र उद्योग ट्रेड यूनियन नेपाल उप–महासचिव अर्जुन चौलागाईँ, सचिव अरुणा खनाल, जिफन्ट कागेश्वरी मनहरा नगर कमिटि अध्यक्ष नविन कार्कीले श्रमिकका विभिन्न विषयबारे चर्चा गरेका थिए ।

Health Tips Ad Road Block