Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुरक्षामा ध्यान दिँदै एभरेष्ट ग्यास उद्योगले नष्ट गर्यो १४ लाख मूल्य बराबरका पुराना सिलिण्डर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एभरेष्ट ग्यास उद्योगले सुरक्षाको पक्षलाई ध्यान दिँदै १४ लाख रुपैयाँ बराबरका पुराना र काम नलाग्ने सिलिण्डर नष्ट गरेको छ । एसजी ग्रुपका अध्यक्ष शिव प्रसाद प्रसाद घिमिरेसहित सरकारी अधिकारी एवं सुरक्षा निकायका अधिकारी र उपभोक्ताअधिकारकर्मीहरुको उपस्थितिमा उद्योगले ड्यामेज सिलिण्डर नष्ट गरेकाे हो ।

घर घरको सुरक्षा पक्षलाई मध्यनजर गर्दै पुराना र काम नलाग्ने सिलिण्डर नष्ट गरिएको अध्यक्ष घिमिरेले बताएका छन् । उनले भने, ‘खाना पकाउने एलपी ग्यासका सिलिण्डरको सन्दर्भमा सुरक्षाको पक्ष विशेष महत्वपूर्ण रहन्छ । त्यसैले सुरक्षाको पक्षलाइ विशेष महत्व दिँदै त्यस्ता सिलिण्डरहरू नष्ट गरेका हौँ । ’

सो अवसरमा एभरेष्ट ब्राण्डको लोगो अंकित करिब १४ लाख मूल्य बराबरका ५ सय ३६ ग्यास सिलिण्डर नष्ट गरिएको कम्पनीले जनाएको छ।

उद्योगको ड्यामेज सिलिण्डर नष्ट गर्ने कार्यक्रममा ग्रुपका अध्यक्ष घिमिरे, गुणस्तर तथा नापतौल कार्यालयका जय प्रकाश चौधरी, जिल्ला प्रशासन कार्यालयका भरत पाण्डे, दक्षिणकाली नगरपालिका वडा नम्बर १ का अध्यक्ष जय थापा मगर, प्रहरी प्रभाग चल्नाखेलका अधिकारीहरु र उपभोक्ता अधिकारकर्मीहरुको उपस्थिति रहेकाे थियाे ।

Health Tips Ad Road Block