Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ताप्लेजुङ पुगेका राजेन्द्र महतोलाई स्थानीयले देखाए कालोझण्डा, पवित्र तीर्थस्थल पाथीभरमा पुगेर समाज भाँड्न खोजेको आरोप

Citizenlife ad 2082 falgun to baishak 2083

ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीय नागरिकले विरोधस्वरुप कालो झण्डा देखाएका छन् ।

‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गर्दा महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् ।

जिल्लाको विकासका लागि बनिरहेको केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलबल पुर्‍याउनुका साथै समाज भाँड्ने काम गरेको ताप्लेजुङबासीको आरोप छ ।

महतो ‘नो केबलकार समूह’ सँग पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा ‘जय पाथीभरा माता’को नारा लगाउँदै जानुको साटो मुर्दावादका नारा लगाउँदै गएको र जिल्ला एवम् समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण उनलाई कालो झण्डा देखाइएको स्थानीय सुन्दर लिम्बुले बताए ।

लिम्बुले ताप्लेजुङका नागरिक विकास र केबलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध र समाज भाँड्ने काममा नलाग्न सबैलाई आग्रह पनि गरे ।

Health Tips Ad Road Block