Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

महाशिवरात्रीकाे महाआरतीका समयमा चन्द्रागिरि केवलकारको टिकटमा ५० प्रतिशत छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । फागुन १४ गते बुधबार पर्न गएको महाशिवरात्री २०८१ को पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष भक्तिमय उत्सव आयोजना हुने भएको छ ।

महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको हो ।

महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम संचालन हुने भएको छ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।

चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

Health Tips Ad Road Block