Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सेबोनले जारी गर्यो धितोपत्र बजार सहभागीका लागि लक्षित वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीहरूका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन  “Guidelines on Targeted Financial Sanctions for Securities Markets Participants”  जारी गरेको छ ।

उक्त मार्गदर्शन बोर्डको वेबसाईटमार्फत सार्वजनिक गरिएको र Link: https://sebon.gov.np/uploads/2025/02/20/AuBUtuyu6efHJpGjxK7KETzXqBMcvCVs2HKPIGNX.pdf  लिङ्क मार्फत हेर्न सकिने बाेर्डले जनाएकाे छ ।

मार्गदर्शनमा भएका मुख्य व्यवस्थाहरू यसप्रकार रहेका छन्

–नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको United Nation Sanctions List मा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध व्यक्ति, समूह वा सङ्गठन धितोपत्र बजार सहभागीहरूले कारोबारको तथ्याङ्क (डेटाबेस) मा भए वा नभएको नियमित रुपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्ने ।

–उक्त तथ्याङ्क (डेटाबेस) को आधारमा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा सङ्गठनको कुनै सम्पत्ति वा कोष आफूसँग रहेको भएमा तत्काल उक्त सम्पत्ति वा कोष रोक्का राख्नुपर्ने ।

–धितोपत्र बजार सहभागीहरूले आफ्नो कार्य सञ्चालन गर्दा आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्थाहरू पालना गर्नुपर्ने ।

आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित शङ्कास्पद व्यक्ति का सम्बन्धमा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ्ग गर्नुपर्ने ।

Health Tips Ad Road Block