काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको ११५ औँ बैठकले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब त्रियानब्बे करोड पचहत्तर लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत अर्थात एक अर्ब छ करोड पच्चीस लाख रुपैयाँबराबरको बोनस शेयर दिने निर्णय गरेको हो ।
साथै सो बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.४२०२२ प्रतिशतका दरले हुन आउने रकम पाँच करोड उनान्साठी लाख एक्काइस हजार बाउन्न रुपैयाँ त्रिसठ्ठी पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरिएको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीको आठौँ वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।






















