Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

शाओमी १४ टि नेपालमा सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी १४ टि नेपालमा सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुनिक मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्ने र मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्जएमोलेड डिस्प्ले र एड्भान्सड् एआई फिचरहरूसहित उत्कृष्ट प्रदर्शनको सुनिश्चितता दिने कम्पनीको दाबी छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यसबारे बोल्दै भने,“शाओमी १४ टि शक्ति, इन्टेलिजेन्स र इनोभेसनको प्रतीक हो । लाइका क्यामेरा प्रणाली, उच्च प्रदर्शन र स्मार्ट एआई फिचरहरू सहितको यो डिभाइस नेपाली ग्राहकवर्गमाझ प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं । हामी विश्वस्त छौं कि यो स्मार्टफोनले फोटोग्राफी, परफर्मेन्स र प्रयोगकर्ताको अनुभवमा नयाँ मापदण्ड स्थापित गर्नेछ ।”

लाइकाको सहकार्यमा निर्मित याडभान्सड् क्यामेरा

शाओमीले आफ्नो लाइकासँगको सहकार्यलाई निरन्तरता दिँदै शाओमी १४ टि मा ट्रिपल क्यामेरा प्रणाली समावेश गरेको जनाएको छ । यसमा लाइका सुम्मिलक्ससहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स समावेश रहेको छ जसले प्रत्येक फोटोमा अतुलनीय डिटेल्स र स्पष्टता प्रदान गर्ने कम्पनीको भनाइ छ । शाओमी प्रोफोकस र ६० एफपिएस सहितको फोके भिडियो रेकर्डिङले यसलाई प्रोफेसनल–ग्रेड भिडियोग्राफीको अनुभव दिलाउने कम्पनीले जनाएको छ ।

मडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर

मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसरद्वारा संचालित शाओमी १४ टि ले मल्टीटास्किङ, गेमिङ, र दैनिक कार्यहरूमा उच्च प्रदर्शन सुनिश्चित गर्नेछ । यसमा रहेको ४ एनएम चिपसेटले ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दै सहज र ल्याग–फ्रि प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

अल्ट्रा–स्मूथ, अल्ट्रा–स्मार्ट डिस्प्ले

शाओमी १४ टि मा ६.६७ इन्चकोएमोलेड डिस्प्ले रहेको छ जसले १४४ हर्जको रिफ्रेस रेट सहित स्मूथ र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्नेछ । ४००० निट्सको पीक ब्राइटनेस, एचडिआर १०+सपोर्ट र १.५ के रिजोलुसनरहेको यो स्मार्टफोनले उज्यालो बाहिरी वातावरणमा पनि उच्च स्तरको मल्टिमिडिया अनुभव सुनिश्चित गर्नेछ ।

उत्कृष्ट एआई र स्मार्ट फिचरहरू

शाओमी १४ टि मा एआई–पावर्ड फोटोग्राफी मोडहरू, स्मार्ट सिन रेकग्निसनर ब्याट्री अप्टिमाइजेसन जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध रहेका छन् जसले प्रयोगकर्ताहरूलाई सहजताको अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

सर्वोच्च ब्याट्री पावर र हाइपर चार्ज

५००० एमएच ब्याट्री सहित शाओमी १४ टि ले दिनभर चल्ने सक्ने ब्याट्री लाइफ प्रदान गर्दछ भने ६७ वाटको हाइपर चाजिङ टेक्नोलोजीले ४५ मिनेटमै ब्याट्री फुल चार्ज हुने सुविधा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

आइपि ६८ रेटिङसहितको मजबुत डिजाइन

आइपि ६८–रेटिङ भएकोयो डिभाइस पानी र धुलोबाट सुरक्षित रहेको कम्पनीले जनाएको छ । यो स्मार्टफोन २ मिटर गहिराइमा ३० मिनेटसम्म सुरक्षित रहन सक्नेछ ।

मूल्य र उपलब्धता

शाओमी १४ टि टाइटन ब्ल्याक, टाइटन ग्रे र टाइटन ब्लु कलर भेरियन्टमा १२ जिबी + ५१२ जिबी अप्सनमा उपलब्ध हुनेछ । यसको मूल्य ६४,९९९ रुपैयाँ तोकिएको छ र नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा शाओमी रिटेल स्टोेरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

लिमिटेड टाईम अफर

ग्राहकहरूले हरेक शाओमी १४ टिको खरिदमा सीमित–समयको लागिी रेड्मी बड्स ६ लाईट निःशुल्क प्राप्त गर्नेछन् । कुनै अतिरिक्त शुल्क बिना प्रिमियम अडियो अनुभवको साथ आफ्नो स्मार्टफोन अनुभवलाई विशेष बनाउन यो अफर प्रदान गरेको कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block