Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

फागुन महिनाभित्रै आफूसँग भएको डेनमार्कको पैसा डिकेके साटिसक्नुः राष्ट्र बैंक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेनमार्कको मुद्रा आफूसँग भए फागुन महिनाभित्रमा साटिसक्न भनेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गरी फागुन मसान्तसम्ममा डेनमार्कको आफूसँग भएको बैंक नोटहरु साटिसक्न भनेको हो ।

राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात् कानूनी ग्राह्यता खारेज गरेका डेनिस कोर्नर(डिकेके) बैंक नोटहरू आफूसँग भएमा त्यस्ता नोटहरू २०८१ फागुन मसान्त (सन् २०२५ मार्च १३) भित्र प्रचलित व्यवस्था बमोजिम यस बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्न यस बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जरहरूबाट सटही गर्नु–गराउनु हुन सम्बन्धित सबैका लागि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ ।’

राष्ट्र बैंकले फागुन मसान्त (सन् २०२५ मार्च १३) पश्चात् त्यस्ता बैंक नोटहरू सटही गर्न राष्ट्र बैंकलगायत इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, मनिचेञ्जरहरू र विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त निकायहरू बाध्य नहुने व्यहोरासमेत उल्लेख गर्दै सूचना प्रकाशन गरेको हो ।

कानूनी ग्राह्यता खारेज गरिएका बैंक नोटहरूसम्बन्धी विस्तृत जानकारी डेनमार्कको केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध रहेको समेत राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ।

Health Tips Ad Road Block