Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश कार्यालयले समयतालिका अगाडि राखेपनि प्रधानमन्त्री ओलीले मध्यान्ह १२ः०० बजे प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएकाे हाे ।

प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने एमालेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीले तुल्सीपुरस्थित एक होटलको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।

Health Tips Ad Road Block