Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री हुन आवश्यक 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातलाई चुस्त र वातावरणमैत्री बनाउन जरुरी रहेको बताएका छन् । बुधबार एशियाली विकास बैंक र मन्त्रालयको आयोजनामा काठमाडौंमा भएको उच्च गुणस्तरको सहरी सार्वजनिक यातायातका बारेमा भएको कार्यक्रममा उनले यातायातबाट प्राप्त हुने उपलव्धीलाई आर्थिक विकाससँग जोड्न जरुरी रहेको पनि बताए ।

नेपालको सार्वजनिक यातायातका क्षेत्रमा निजी क्षेत्रको उल्लेखनीय योगदान र भूमिका रहेको भन्दै उनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत अझ स्तरीय र पहुँच योग्य बनाउन सकिने समेत बताए । यातायात क्षेत्रका साथै पूर्वाधार विकासमा समेत निजी क्षेत्रको सहभागीता स्वागतयोग्य रहने उनको भनाई छ ।

यातायात क्षेत्रका सम्बन्धमा संघीय सरकारले नीतिगत व्यवस्था र समन्वयको कार्य गर्ने एवम् व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने मन्त्री दाहालले उल्लेख गरे।

यातायात क्षेत्रमा स्वच्च उर्जा तथा ईन्धनको उपयोगलाई सरकारले प्रोत्साहन गरि रहेको भन्दै उनले यसका लागि चाहिने चार्जिङ् स्टेशन, पार्किङ्, मर्मत लगायतलाई पनि थप व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले शहरीकरण र शहर विस्तार नियमित प्रकृया रहेको उल्लेख गर्दै यसलाई रोक्न नसकिने बताए । तर शहरीकरणको विस्तार र विकासलाई व्यवस्थित गर्न सार्वजनिक यातायात व्यवस्थित र पहुँचयोग्य बनाईनु पर्नेमा उनले जोड दिए ।

Health Tips Ad Road Block